शुक्रबार, मंसिर १२, २०८२

रुपन्देही उद्योग संघले स्थापना गर्‍यो रोजगार सूचना केन्द्र

लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा सूचना केन्द्र स्थापना गरिएको हो।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

बुटवल- रुपन्देही उद्योग संघले रोजगार सूचना केन्द्रको शुभारम्भ गरेको छ। बिहिबार एक कार्यक्रमबीच लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहीले उद्घाटन गरेका हुन्। लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा सूचना केन्द्र स्थापना गरिएको हो।

National life

मन्त्री शाहीले दक्ष जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्ने वातावरण बनाउने बताए। उनले नीजी क्षेत्रसँगको सहकार्य र सहयोगमा उद्योगको विकासका कार्यक्रमलाई अगाडी बढाएको उल्लेख गर्दै उद्योग संघले सञ्चालनमा ल्याएको रोजगार सूचना केन्द्रले श्रम शक्तिलाई आवश्यकता अनुसार काममा लगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास बताए।

त्यस्तै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले श्रम शक्तिको सम्मान र उनीहरुको उचित परिचालनका गर्दै स्थानीय तहमा रोजगारीको सिर्जना गर्नमा सूचना केन्द्र उपयोगी हुने बताए। कार्यक्रममा नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले रोजगार सूचना केन्द्रको स्थापनाले रोजगादाता र श्रम शक्तिबीचको सम्बन्धलाई पनि मजवुत बनाउने विश्वास व्यक्त गरे।

संघका अध्यक्ष माधव प्रसाद पौडेलले देशको श्रम शक्तिको समुचित परिचालनको व्यवस्थापन गर्नका लागि रुपन्देही उद्योग संघले पुलको काम गर्ने गरी सूचना केन्द्र स्थापना गरेको बताए। उनका अनुसार सूचना केन्द्र मार्फत रोजगारदाता र रोजगारी खोज्नेहरुलाई भेट गराउने काम गर्नेछ।

प्रकाशित: Aug 18, 2022| 19:05 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।