शनिबार, मंसिर ६, २०८२

पाएको जिम्मेवारीलाई सदुपयोग गर्छु : प्रशिक्षक हुमागाईं

आगामी असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउने प्रतिबद्धता जनाएका हुन्।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- बंगलादेशविरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक प्रदीप हुमागाईंले एन्फाले उपलब्ध गराएको जिम्मेवारीलाई सदुपयोग गर्दै सुखद् नतिजा निकाल्ने बताएका छन्। आगामी असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउने प्रतिबद्धता जनाएका हुन्। सातोदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको पत्रकार सम्मेलनमा हुमागाईंले आफ्नो लागि नेपाली टोली सम्हाल्ने एक अवसर भएको भन्दै सुखद् नतिजाको लक्ष्य लिएको बताए। 

National life

तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टोली सम्हाल्ने जिम्मेवारी पाएका हुमागाईंले मैत्रिपूर्ण खेलका लागि ४० सदस्यीय टोलीको नाम सार्वजनिक गर्दा विवादबाट बाहिरिएका १० खेलाडीलाई पनि समेटेका छन्।

पहिलो कार्यसमितिले बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने निर्णय भए अनुसार हुमागाईंले उनीहरुलाई स्थान दिएका हुन्। बंगलादेशसँगको खेलमा जितका लागि कर्मभूमी छोडेर जन्मभूमि आएको बताउँदै प्रशिक्षक हुमागाईंले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीहरुबीच रहेको विवादको बारेमा आफू बोल्न आवश्यक नरहेको बताए। उनले आफ्ना लागि सबै खेलाडी समान रहेको बताउँदै छिट्टै सानो आकारको टोली सार्वजनिक गर्ने समेत बताए।

बोलाइएका खेलाडी आजबाट एन्फामा उपस्थित हुन थालेका छन्। प्रशिक्षक हुमागाईंले शुक्रवारबाट अभ्यास गराउने बताएका छन्। एएफसी ‘ए’ लाइसेन्स गर्नुभएका प्रशिक्षक हुमागाईंलाई नियुक्त गरेको विषयमा भने एन्फा प्रवक्ता सुरेस साहले प्रक्रियाबाटै नियुक्त गरेको बताए।

एन्फाले मुख्य प्रशिक्षक बिदामा भएको अवस्थामा अन्तरिम प्रशिक्षकको रुपमा हुमागाईंलाई नियुक्त गरेको हो। प्रवक्ता सुरेस साह मुख्य प्रशिक्षक अल्मुताइरीको विषय समाधानका लागि एन्फा प्रक्रियामा रहेको बताए।

Laxmi sunrise bank
kumari

प्रवक्ता आउने-नआउने विषयमा अहिले नै भन्न हतार हुने समेत उनले बताए। हुमागाईंको प्रशिक्षणमा नेपालले आगामी असोज ११ गते घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशबिरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। नेपाली

टोलीको जिम्मेवारी हेनर्का लागि अमेरिका बस्दै आउनुभएका हुमागार्इं बुधबारमात्र नेपाल आइपुगेका थिए। 


प्रकाशित: Aug 18, 2022| 18:40 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।