आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मुख्यमन्त्री पाण्डेले नै सहकारी कानुनको धज्जी उडाएपछि...

हकारी नियमावली, २०७५ को नियम ८१ अनुसार सार्वजनिक पदमा वहाल रहेको व्यक्तिले सहकारी संस्थाको सञ्चालक पदमा बस्न नपाउने नियम भए पनि मुख्यमन्त्री पाण्डेले अध्यक्ष पद त्यागेका छैनन्।
 |  बिहीबार, भदौ २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सहकारी कानुनको धज्जी उडाएका छन्। उनी अध्यक्ष रहेको नेपाल केन्द्रीय स्वास्थ्य सहकारी संघको अहिलेसम्म साधारणसभासमेत भएको छैन।

triton college

कानुनअनुसार सहकारी विभागमा बुझाउनुपर्ने कुनै पनि विवरण बुझाएका छैनन्। यतिसम्म कि कानुनको पालनै नगरी उनी अझै पनि सो संघको अध्यक्ष रहेका छन्। 

विभागले सूचना जारी गरी उनी अध्यक्ष रहेको केन्द्रीय स्वास्थ्य सहकारी संघ खारेजीको चेतावनी दिएपछि यो कुरा बाहिर आएको हो।

विभागका अनुसार सो संघले अहिलेसम्म कानुनतः बुझाउनुपर्ने विवरण अझै बुझाएको छैन। 

विभागले सूचनामा भनेको छ, ‘पाण्डे अध्यक्ष रहेको संस्थाले सहकारी ऐन, २०७४ को दफा ८ बमोजिम न्यूनतम जिल्ला र सदस्य संख्या कायम रहेको विवरण विभागमा पेस गरेको छैन भने सहकारी ऐन, २०७४ को दफा ७३ बमोजिम विभागमा पेस गर्नुपर्ने विवरणसमेत नियमित पेस गरेको छैन।’

Metro Mart
vianet

सहकारी ऐन, २०७४ दफा ८ मा केन्द्रीय संघमा कम्तीमा सात वटा जिल्लाका ५१ वटा विषयगत सहकारी संस्था, विषयगत जिल्ला संघ वा विषयगत प्रदेश संघ सदस्य रहेको हुनुपर्ने व्यवस्था छ। त्यसमा विषयगत जिल्ला सहकारी संघ, विषयगत प्रदेश संघमध्ये ५० प्रतिशत बढी संघ समावेश हुनुपर्ने अनिवार्य गरिएको छ।

त्यस्तै, ऐेनको दफा ७३ अनुसार कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचतसम्बन्धी नीति तथा योजना, सञ्चालकको नाम तथा बाँकी कार्यविधिको सूची, सेयर सदस्य संख्या, सेयर पुँजी, सञ्चालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकमबारे विभागमा अनिवार्य विवरण बुझाउनुपर्ने व्यवस्था छ। 

तर पाण्डेको संस्थाले अहिलेसम्म कुनै पनि विवरण पेस नगरेपछि विभागले खारेजीको चेतावनीसहित १५ दिने सूचना जारी गरेको हो। विभागले संस्थाले विवरण नबुझाएकाले किन खारेज नगर्ने भन्ने प्रश्नको उत्तरसहित १५ दिनभित्र विभागमा हाजिर हुन भनेको छ।

यदि विभागमा हाजिर नभए खारेज गरिदिनेसमेत जनाएको छ। 

पाण्डे आफैं पनि सो संघमा कानुन विपरीत नै अध्यक्ष रहेका छन्। उनी मुख्यमन्त्री भएपछि अध्यक्ष पदबाट राजीनामा दिनुपर्नेमा उनले अहिलेसम्म दिएका छैनन्। 

सहकारी नियमावली, २०७५ को नियम ८१ अनुसार सार्वजनिक पदमा वहाल रहेको व्यक्तिले सहकारी संस्थाको सञ्चालक पदमा बस्न पाउँदैन। तर उनी भने खुलेआम केन्द्रीय स्वास्थ्य सहकारी संघको अध्यक्षमा बहाल छन्।

उनले राजीनामा दिएको विवरण विभाग पुगेको छैन।

प्रकाशित: Aug 18, 2022| 13:00 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।