आइतबार, साउन २४, २०८३

धरानका मेयर साम्पाङले सार्वजनिक गरे सय दिनका काम

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका काम सार्वजनिक गरेका छन्।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका काम सार्वजनिक गरेका छन्।

मेयर भएपछि एक सय दिनभित्र के-के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले १३ वटा काम सार्वजनिक गरेका हुन्।

बिहीबार बिहान फेसबुक पेजबाट उनले आफूले सय दिनमा गरेका १३ उपलब्धिलाई सार्वजनिक गरेका छन्। नेपालमा श्रम संस्कृति क्रान्तिको आफूले सुरुवात गरेको उनको दाबी छ।

खानेपानी धरान ल्याउन, वृक्षारोपण गर्नलगायत काममा स्थानीय बासिन्दाको श्रमदानलाई प्राथमिकता दिएको साम्पाङले उल्लेख गरेका छन्।

चार ठाउँबाट खानेपानीको मुहान थप गरेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागीता जुटाएको, ६ लाख विरुवा रोपेको, सरसफाइमा देखिने सुधार ल्याएको उनको दाबी छ। प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा सुधार ल्याएको साम्पाङले बताए।

जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेको, बाटो मर्मत सम्भार, टटबन्धन, विपद व्यवस्थापन, लागूऔषधविरुद्धको अभियान सुरू गरेको, योजनाका लागि बजेटको जोहो गराएकोलगायतका काम सय दिनभित्र गरिएको उनको दाबी छ।

पारदर्शी हिसाबकिताब राखेर सार्वजनिक गरेको, पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएको, शिक्षा, स्वास्थ्य संस्थामा सुधार ल्याएको साम्पाङले बताए।

प्रकाशित: Aug 18, 2022| 08:10 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...