काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
आजको बैठकले केन्द्रीय समिति, पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारीको टुंगो लगाउने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। पार्टीमा विस्तृत छलफल भएर करिब टुंगोमा पुगिएको उनले बताए।
माओवादीको आठौं महाधिवेशन सकिएको सात महिना पूरा भइसक्दा पनि अहिलेसम्म पदाधिकारी, स्थायी कमिटी चुनिन सकेको छैन्। यस्तै पोलिटब्यूरो र केन्द्रीय समितिले पनि पूर्णता पाउन सकेको छैन्।
माओवादीको विधान अनुसार अध्यक्ष १ जना, बरिष्ठ उपाध्यक्ष १ जना, अन्य उपाध्यक्षहरु, महासचिव १ जना, उपमहासचिवहरु, सचिवहरु, कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ।