काठमाडौं- सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच बैठक बस्ने भएको छ। बिहान १० बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको छ।
राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आशन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा बैठक केन्द्रित हुने एक नेताले बताए।
राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष पठाउने सत्तारुढ दलको तयारी छ। आज उक्त विधेयक प्रतिनिधि सभाले पारित गर्ने तयारी गरेको छ।