आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा एसबाट मन्त्री बने चौधरीले स्वीकारे - अस्तित्व रक्षाका लागि गठबन्धन

नेकपा एसबाट मन्त्री बने चौधरीले स्वीकारे - अस्तित्व रक्षाका लागि गठबन्धन

नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएका मेटमणि चौधरीले अस्तित्व रक्षाका लागि गठबन्धन भइरहेको स्वीकार गरेका छन्। पार्टीको सिद्धान्त विचारभन्दा पनि आ-आफ्नो दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक रहेको सहरी विकासमन्त्री मेटमणि चौधरीले बताएका छन्।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएका मेटमणि चौधरीले अस्तित्व रक्षाका लागि गठबन्धन भइरहेको स्वीकार गरेका छन्। पार्टीको सिद्धान्त विचारभन्दा पनि आ-आफ्नो दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक रहेको सहरी विकासमन्त्री मेटमणि चौधरीले बताएका छन्। 

उनले संविधान र संसदीय व्यवस्था रक्षाका लागि एकै ठाउँमा उभिएका पाँच दलीय गठबन्धन अहिले एक्ला-एक्लै उभिन नसक्ने र एक्लै केही गर्न नसक्ने अवस्था आएकाले गठबन्धन अझै विस्तारको चरणमा पुगेको बताए।

नेपाल पत्रकार महासंघ पाल्पाको तानसेनमा बुधबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनमा रहेका ठूला पार्टी र साना पार्टी एक्लाएक्लै मैदानमा उत्रिँदा सबैको अस्तित्व खुम्चिने भएकाले आफ्नो अस्तित्व जोगाउनका लागि भए पनि गठबन्धन आवश्यक रहेको बताएका हुन्। 

संविधान रक्षाका लागि गठन भएको पाँच दलीय गठबन्धनलाई सबैखाले निर्वाचनमा अझै सशक्त बनाएको उल्लेख गर्दै उनले नेपाली नेताहरु गलत संस्कार, गलत प्रवृत्ति तथा सक्षम नेतृत्वको अभावका कारण आज व्यवस्था परिवर्तन भए पनि शासन व्यवस्थामा सुधार नआएको बताए। 

विश्वमा आन्तरिक तथा बाह्यरूपमा राजनीतिक ध्रुवीकरण दुई कित्तामा बाँडिएकाले त्यसको असर नेपालमा पनि परेको मन्त्री चौधरीको भनाइ थियो। जनताले राम्रो माने पनि नमाने पनि अबको १० वर्ष नेपालको राजनीति दुई धु्रव र कित्तामा विभाजन भइरहने अवस्था रहेको मन्त्री चौधरीले बताए।

प्रकाशित: Aug 17, 2022| 22:25 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...