मंगलबार, जेठ १९, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको सनाखत, घाइते ३ जनाको परिचय अझै खुलेन

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको सनाखत, घाइते ३ जनाको परिचय अझै खुलेन

मृतक पाँचै जना बझाङको बुंगल नगरपालिका वडा नम्बर ८ का बासिन्दा भएको प्रहरीले जनाएको छ। उनीहरू रोजगारीका लागि दार्चुला हुँदै भारत जान लागेको प्रहरीले जनाएको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

धनगढी- दार्चुला जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको परिचय खुलेको छ। मृतक पाँचै जना बझाङको बुंगल नगरपालिका वडा नम्बर ८ का बासिन्दा भएको प्रहरीले जनाएको छ। उनीहरू रोजगारीका लागि दार्चुला हुँदै भारत जान लागेको प्रहरीले जनाएको छ। 

National life

ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार दुर्घटनामा बुंगल नगरपालिका वडा नम्बर-८ का हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्पादेवी बोहरा हुन।पाँचै जना गोकुलेश्वर बजारबाट जीपमा सवार भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते ६ जनाको पनि परिचय खुलेको छ। तीन जना गम्भीर घाइतेको भने अझै परिचय खुल्न सकेको छैन। घाइते पाँच जना मालिकार्जुन गाउँपालिका र एक जना महाकाली नगरपालिकाका रहेका छन्। 

उनीहरुको गोकुलेश्वरस्थित अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार मालिकार्जुन गाउँपालिका-३ की ५० वर्षीया गोमती देवी धामी, ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी र सोही गाउँपालिका वडा नं . ६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका-३ का ३५ वर्षीय रमेश लुहार घाइते छन्। उनीहरुको अवस्था चिन्तामुक्त रहेको छ। हातखुट्टामा चोट लागेको छ।

शैल्यशिखर नगरपालिका-६ उल्लानीमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको थियो। जीपको अगाडिको टायर फुत्किँदा दुर्घटना भएको अनुमान गरिएको छ। जीप सडकबाट करिब अढाई सय मिटर तल भीरमा खसेको बताइएको छ।

Shivam cement

प्रकाशित: Aug 17, 2022| 20:32 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।