मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस नेता लेखकले भने - अब ५ वर्षभित्र दोधारामा सुक्खा बन्दरगाह बन्छ, तटबन्धनको काम सुरु भइसक्यो

कांग्रेस नेता लेखकले भने - अब ५ वर्षभित्र दोधारामा सुक्खा बन्दरगाह बन्छ, तटबन्धनको काम सुरु भइसक्यो

नेता लेखकले दोधारा चाँदनी नगरपालिकामा भएको एक कार्यक्रममा नेता लेखकले भने, 'नेपाली कांग्रेसको सरकारले सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढाएकोमा ०७४ सालको निर्वाचनमा कञ्‍चनपुर -३ मा कांग्रेस पराजित भएपछि प्रक्रिया अगाडि नबढेको हुँदा आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराएमा आगामी ५ वर्षभित्र सुक्खा बन्दरगाह निर्माण सम्पन्‍न हुनेछ।'
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले दोधरा चाँदनीमा आगामी पाँच वर्षभित्र सुक्खा बन्दरगाह निर्माण हुने बताएका छन्।

National life

नेता लेखकले दोधारा चाँदनी नगरपालिकामा भएको एक कार्यक्रममा नेता लेखकले भने, 'नेपाली कांग्रेसको सरकारले सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढाएकोमा ०७४ सालको निर्वाचनमा कञ्‍चनपुर -३ मा कांग्रेस पराजित भएपछि प्रक्रिया अगाडि नबढेको हुँदा आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराएमा आगामी ५ वर्षभित्र सुक्खा बन्दरगाह निर्माण सम्पन्‍न हुनेछ।'

सुक्खा बन्दरगाह निर्माण भएपछि हजारौ बिरोजगारहरुले रोजगारी पाउने पनि उनले बताएका छन्। नेता लेखकले दोधरा चाँदनीमा डुबानको समस्या समाधान गर्न महाकाली नदी र जोगबुढा नदीमा तटबन्ध निर्माण प्रक्रियालाई नेपाली कांग्रेसको सरकारले अगाडि बढाएकोमा ०७४ सालपछि नेकपा एमालेको सरकार बन्दा तटबन्ध निर्माणको काम पनि काम रोकिएको बताए। 

१ वर्षअगाडि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछी पुनः तटबन्ध निर्माणको प्रक्रिया अगाडि बढेको उनले जानकारी गराए। भने, 'वर्तमान सरकारले नदी नियन्त्रणका लागि महाकाली नदिमा  तटबन्ध निर्माण गर्न २४ करोड र जोगबुढा नदीमा तटबन्ध निर्माणका लागि १२ करोडको ठेक्का गरी काम अगाडि बढाइसकेको छ।'

पाँच वर्ष भित्र महाकाली र जोगबुढा नदीमा तटबन्ध निर्माण गरी दोधरा चादनीको डुबानको समस्या समाधान हुने पनि उनले बताए। नेता लेखकले १ महिनादेखि भीमदत्त र दोधरा चाँदनी नगरपालिकाका टोल-टोलमा भेटघाट तथा छलफल कार्यक्रमलाई तीव्रता दिएको नेता लेखकका स्वकिय सचिब जनक भट्टले जानकारी दिए।

Shivam cement

नेता लेखक २०७४ को निर्वाचनमा नेकपा एमालेबाट दिपकप्रकाश भट्टसँग झिनो मतान्तरले पराजित भएका थिए। पराजित हुँदा पनि उनी आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि लगातार खटिएका थिए। कोरोना महामारीको समयमा पनि नेता लेखकले स्थानीयहरुलाई राहत तथा सहयोग गरेका थिए।  

प्रकाशित: Aug 17, 2022| 20:21 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...