आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डको पार्टी एकताको प्रस्तावमा नेकपा एस सकारात्मक, भदौ २५ सम्म उम्मेदवार टुंग्याउने

प्रचण्डको पार्टी एकताको प्रस्तावमा नेकपा एस सकारात्मक, भदौ २५ सम्म उम्मेदवार टुंग्याउने

नेकपा माओवादी केन्द्रले गरेको पार्टी एकताको प्रस्तावका सकारात्मक रहेको नेकपा एकीकृत समाजवादी (एस)ले जनाएको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको पार्टी एकताको प्रस्तावका सकारात्मक रहेको नेकपा एकीकृत समाजवादी (एस)ले जनाएको छ।

नेकपा एसको बुधबार पार्टी सचिवालय बैठकमा पार्टी एकताका लागि सकारात्मक छलफल भएको र एकताका लागि संयोजन समिति बनाएर अघि बढ्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगनन्‍नाथ खतिवडाले जानकारी दिए।

उनले भने, 'चुनावी कार्यगत एकता गर्दै चुनाव पछि पार्टी एकता नै गर्ने कुरामा सकारात्मक कुरा भयो। यसका लागि हामीले संयोजन समिति बनाउने निर्णय गरेका छौं।' 

उनले एकताका लागि ठोस निर्णय भने भइ नसकेको पनि बताएका छन्। थपे, 'यसबारे ठोस निर्णय भने भएको छैन।'

त्यसैगरी नेकपा एसले भदौ २५ गतेभित्र आफ्नो उम्मेदवार टुंगो लगाउने निर्णयसमेत गरेको छ। प्रचार विभाग प्रमुख खतिवडाकाअनुसार पार्टीको तल्लो तहमा रहेका कमिटीले नाम सिफारीस गरेपछि पार्टीले उम्मेदवार तय गर्नेछ। जसको लागि आजको सचिवालय बैठकले कार्यविधिसमेत तयार गरेको उनले बताए।

'हामीले उम्मेदवार सिफारिस गर्ने कार्यविधी अब जिल्ला तहमा पठाउँछौं। सोहीअनुसार उहाँहरुले सिफारिस गरेपछि हामीले उम्मेदवार टुंगो लगाउनेछौं। त्यो भन्दा अगाडि गठबन्धनभित्र भागबन्डाको काम टुंग्याउछौं,' उनले भने।


प्रकाशित: Aug 17, 2022| 18:46 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...