शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रधानमन्त्रीलाई भन्दा वडाध्यक्षलाई बढी अधिकार : मुख्यमन्त्री पाण्डे

प्रधानमन्त्रीलाई भन्दा वडाध्यक्षलाई बढी अधिकार : मुख्यमन्त्री पाण्डे

संघीयता लागू भएको पाँच वर्ष पूरा नहुँदै यो ठीक भएन, यसले केही काम गरेन भनेर विरोधमा छलफल चलाउनुको कुनै औचित्य नहुने मुख्यमन्त्री पाण्डेको तर्क।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काभ्रे– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीयतामा वडाध्यक्षलाई प्रधानमन्त्रीभन्दा बढी अधिकार दिएको बताएका छन्। बुधबार जिल्ला समन्वय समिति काभ्रेको छैटौं जिल्ला सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

National life

संविधानले वडाध्यक्षलाई ३७ वटासम्म अधिकार दिएको उनको भनाइ छ। ‘वडालाई सबैभन्दा बढी बलियो बनाउनुपर्छ भन्ने मान्यताबमोजिम वडाध्यक्षलाई प्रधानमन्त्रीभन्दा बढी अधिकार दिइएको छ। वडाध्यक्ष नभई कुनै काम अघि बढ्न सक्दैन,’ उनले भने। 

कार्यक्रममा सहभागी नगरप्रमुख तथा गाउँपालिका अध्यक्षले भने स्थानीय तहलाई कमजोर बनाइएको गुनासो गरेका थिए। ७५३ स्थानीय तहमा रहेका ६,७४३ वडालाई बलियो बनाउन सके देश विकास स्वतः हुने उनको दाबी छ।

मुख्यमन्त्री पाण्डेले संघीयता लागू भएको पाँच वर्ष पूरा नहुँदै यो ठीक भएन, यसले केही काम गरेन भनेर विरोधमा छलफल चलाउनुको कुनै औचित्य नहुने बताए।कार्यक्रममा संघीय सांसद गंगाबहादुर दोङ, नवीना लामा, संविधानसभा सदस्य तीर्थ लामा, रामहरि सुवेदीलगायतले संघीयतामा स्थानीय तहको भूमिकाबारे बोलेका थिए।

प्रकाशित: Aug 17, 2022| 17:19 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।