काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीबार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने भएको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठक संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भएको बताए। उनले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्यूरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल सुरु भएको बताए।
प्रवक्ता महराले आजको बैठकबाट करिब टुंगोमा पुगेको र बिहीबारको स्थायी कमिटीको बैठकले पार्टीमा सबै पदाधिकारीको टुंगो लगाउने बताए। प्रवक्ता महराले पार्टीको स्थायी कमिटी बैठक बिहीबार ८ बस्ने बताए।