सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • तेक्वान्दो खेलाडीलाई शुभकामना दिँदै बागमती सभापति बानियाँले भने- खेल भावनाप्रति गर्व गरौं

तेक्वान्दो खेलाडीलाई शुभकामना दिँदै बागमती सभापति बानियाँले भने- खेल भावनाप्रति गर्व गरौं

अगस्ट १८ देखि मलेसियाको कुचिङमा सारावाक बुर्नो कप इन्टरनेसनल तेक्वान्दो च्यापियनसिप-२०२२ आयोजना हुँदैछ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

kumari

काठमाडौं- बागमती प्रदेशका कांग्रेस सभापति इन्द्र बानियाँले देशले खेलाडीहरुमाथि सदासर्वदा गर्व गर्न सक्नुपर्ने बताएका छन्। मलेसियामा आयोजना हुने अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडीको एक टोली त्यसतर्फ प्रस्थान गर्नुअघि खेलाडीहरुलाई शुभकामना दिँदै सभापति बानियाँले भने, ‘खेल भावनाले देश-विदेशलाई पनि जोड्ने हुनाले यो क्षेत्रलाई बलियो बनाउन आवश्यक छ।’

अगस्ट १८ देखि मलेसियाको कुचिङमा सारावाक बुर्नो कप इन्टरनेसनल तेक्वान्दो च्यापियनसिप-२०२२ आयोजना हुँदैछ। सो आयोजनमा सहभागी हुन चितवन तेक्वान्दोका वरिष्ठ प्रशिक्षक रोशन खानसहितको टोली मलेसियातर्फ प्रस्थान गर्दैछ। टोलीमा समूह प्रमुखका रुपमा कुमार लामा घिसिङ, खेलाडीहरु क्रमश रमेश कार्की, ज्वालसिंह गुरुङ, अब्बास खान, उमर खान र जैमर खातुम छन्।

प्रकाशित: Aug 17, 2022| 14:58 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।