शनिबार, चैत ११, २०७९

भारतीय कूटनीतिको ७५ वर्ष : उस्तै छन् चुनौती

अमेरिका र चीनबीचको महाशक्ति संघर्षमा दक्षिण एसिया तानिँदै जाँदा बाह्य स्वार्थ र प्रभावले यस उपमहाद्वीपको राजनीतिलाई जटिल बनाउँछन् भन्ने बुझ्नुपर्छ। त्यसैले भारतको निरन्तर रुपान्तरणका लागि नजिकका छिमेकी देश र हिन्द महासागर क्षेत्रमा शान्ति कायम गर्न कडा मिहिनेत गर्नुपर्नेछ।
 |  बुधबार, भदौ १, २०७९

शिवशंकर मेनन

शिवशंकर मेनन

बुधबार, भदौ १, २०७९

सन् १९७२ मा भारतको २५औं स्वतन्त्रता दिवसका अवसरमा ‘फरेन अफेयर्स’मा ‘भारत र विश्व’ शीर्षकमा लेख लेख्दै तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले भारतका दुई वटा ‘स्थायी चासो’– ‘हाम्रो स्वतन्त्रताको रक्षा र गरिबीको अभिशापमाथिको विजय’बारे ध्यानाकर्षण गराएकी थिइन्। त्यतिबेला भारतीय समाज भारतीय व्यक्तित्व नगुमाईकन आधुनिक हुनुपर्ने अवस्थामा थियो। 

National life insurance

सन् १९७१ मा बंगलादेशको जन्मसँगै यस उपमहाद्वीपको भूराजनीतिको पुनर्निर्माण गर्न सकेको विजयको रापमा गान्धीले उक्त निबन्ध लेखिरहेकी थिइन्। त्यसैले उनको त्यो निबन्ध दक्षिण एसियामा बढी केन्द्रित छ। विजयको त्यो क्षणमा उनले सिंगो विश्वलाई पाकिस्तानशासित काश्मिरलाई बलपूर्वक हत्याउने भारतको कुनै मनसाय नभएकामा विश्वस्त गराएकी थिइन्। साथै, बंगलादेश संकट र युद्धमा चीनको जे–जस्तो भूमिका भए पनि भारतले उसँग सुमधुर सम्बन्ध बनाइराख्न चाहेको पनि उनले उल्लेख गरेकी थिइन्। 

उनले त्यतिबेला के भनिनन् भन्नेतर्फ पनि ध्यान दिनुपर्छ। आन्तरिक स्थिरता र त्यससँग जोडिएको बाह्य सुरक्षाबारेको चिन्ता, ध्रुवीकरणले बाह्य शक्तिलाई भारतको आन्तरिक सुरक्षामा दिन सक्ने खेल्ने अवसर र भारतले बाह्य जगत् खेल्ने अवसर कसरी कम गर्न सक्छ भन्नेबारे उनले उल्लेख गरेकी छैनन्। त्यतिबेला नक्सलवादी आन्दोलनबाहेक आन्तरिक स्थिरताबारे उनले स्थायी रूपमा ध्यान दिनुपर्ने विषय नै सम्भवतः कम थिए। 

त्यसयता हामीले निकै लामो यात्रा गरिसकेका छौं। भारत र विश्व दुवै परिवर्तन भएका छन्। तथापि पाकिस्तान, चीन र यस उपमहाद्वीपसँगका हाम्रा चासो फेरिएका छैनन्। ती दुई स्थायी चासो यथावतै छन्। यिनै आधारमा विवचेना गरौं, भारतीय विदेश नीति कसरी सञ्चालन भइरहेछ?

चिनियाँ घुसपैठले भौगोलिक अखण्डतालाई चुनौती दिएको छ 
पहिलो चासो, हाम्रो स्वतन्त्रताको रक्षालाई ध्यान दिँदा आफ्नो वरिपरि सोभियत संघको विघटन, विश्वव्यापीकरण, शक्तिशाली चीनको उदय, बहुपक्षीय अवधारणा र संस्थाको घट्दो भूमिकालगायत आमूल परिवर्तन हुँदा पनि भारत सफल नै भएको देखिन्छ। फराकिलो आयाममा हेर्दा भारतले केवल आफ्नो स्वतन्त्रताको रक्षा मात्र गरेको छैन, बरु अन्तर्राष्ट्रिय व्यवस्थामा आफ्ना विकल्प र भूमिका पनि बढाएको छ। शीतयुद्धकालमा असंलग्नता र त्यसपछि ‘रणनीतिक स्वायत्तता’को नीति अपनाएर भारतले आफ्नो बढ्दो क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा तुलनात्मक रूपले राम्रो प्रभाव पार्न उपयोग गर्यो। 

worldlink

संसार फेरि अर्को कुइनेटोमा उभिएको छ। पहिलेका नीति र प्रवृत्तिको प्रभावकारिता कमजोर हुँदै गइरहेका छन्। निकट विगतभन्दा फरक, सन् २०२० मा पश्चिमी क्षेत्रमा पटक–पटक सीमारेखा (लाइन अफ एक्चुअल कन्ट्रोल, एलएसी)मा भएका चिनियाँ घुसपैठ संगठित भइरहेछन्। भारतले कूटनीतिक र सैन्य पहल गर्दा पनि चीनले ती भूभाग छाड्ने कुनै संकेत दिएको छैन। त्यसैले भारतीय स्वतन्त्रताप्रति कुनै शंका नभए तापनि उसको भौगोलिक अखण्डता अहिले पनि चुनौतीमै छ। कतिसम्म भने हालै नेपालले नयाँ भौगोलिक दाबी गरेको छ। 

प्रकाशित: Aug 17, 2022| 01:56. 59 बुधबार, भदौ १, २०७९

थप समाचार

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...

कम्युनिष्ट आन्दोलनमा युवाको बाटो

विषेशगरी कम्युनिष्ट आन्दोलनको लामो ऐतिहासिक र सैद्धान्तिक व्याख्या भन्दा पनि अब नेपाली युवाहरूले कम्युनिष्ट आन्दोलनमा खेल्नुपर्ने भूमिका र यस आन्दोलनलाई युवाहरूले कसरी जनउपयोगी बनाउने भन्ने...

गणतन्त्रको राष्ट्रपति र राजतन्त्रको राष्ट्राध्यक्षबीच भिन्नता पुष्टि गर्नु छ रामचन्द्रलाई

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै सर्वोच्च पदको रूपमा रहेको राष्ट्रपतिमा परिपक्व नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

राजनीतिक परिदृश्य, चुलिंदो ध्रुवीकरण र क्रमभंगता

लामो समय सामन्ती युगबाट गुज्रिएको नेपालको राजनीतिक विकासक्रम स्वाभाविक रेखामा अगाडि बढ्न सकेको देखिँदैन। सामन्तवादको प्रतिनिधित्व सामन्ती राजतन्त्रले गर्छ। सिद्धान्ततः सामन्तवाद भन्दा पुँजीवादलाई केही हदसम्म...