बुधबार, कात्तिक ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सप्तरीको ९ मतदानस्थल सार्ने र १८ मतदान स्थल थप्ने निर्णय

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भौतिक पूर्वाधार, सुरक्षा संवेदनशीलता र मतदातालाई पायक पर्ने आधारमा मतदानस्थल सार्ने, टुक्र्याएर थप गर्ने, एकापसमा गाभ्ने र त्रुटियुक्त मतदानस्थलको नाम सच्याउने निर्णय भएको बताए। निर्णयबमोजिम निर्वाचन आयोगमा सिफारिस पठाएको उनले बताए।
 |  बुधबार, भदौ १, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

सप्तरी- जिल्ला निर्वाचन कार्यालय सप्तरीले निर्वाचनका लागि नौ मतदानस्थल सार्ने र १८ मतदानस्थल थप गर्ने निर्णय गरेको छ।

triton college

जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले जिल्लामा रहेका मतदानस्थलमा नौवटा सार्ने, १८ वटा थप गर्ने, दुईवटा गाभ्ने र ३३ वटाको नाम सच्याउने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस गरेको छ। 

गत स्थानीय तह निर्वाचनमा नौ नगरपालिका र नौ गाउँपालिका तथा एक सय ६४ वडा रहेको सप्तरीमा दुई सय ९७ मतदानस्थलमा पाँच सय ३६ मतदान केन्द्र रहेको थियो।

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भौतिक पूर्वाधार, सुरक्षा संवेदनशीलता र मतदातालाई पायक पर्ने आधारमा मतदानस्थल सार्ने, टुक्र्याएर थप गर्ने, एकापसमा गाभ्ने र त्रुटियुक्त मतदानस्थलको नाम सच्याउने निर्णय भएको बताए। निर्णयबमोजिम निर्वाचन आयोगमा सिफारिस पठाएको उनले बताए।

राजविराजमा साउन ६ गते र साउन १३ गते बसेको सर्वदलीय बैठकको निर्णयानुसार स्थलगत अवलोकन निरीक्षण गरेर समितिमा प्रस्तुत प्रतिवेदनका आधारमा मतदानस्थल सार्ने, टुक्र्याउने, गाभ्ने निर्णय गरी सिफारिस पठाइएको समितिका सदस्यसचिव जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताए।

Metro Mart
vianet

भौतिक पूर्वाधार, सुरक्षा संवेदनशीलता र पायकका आधारमा डाक्नेश्वरी नगरपालिका–८ स्थित कोसी पम्प केनाल विषहरियाबाट सहरी स्वास्थ्य केन्द्र विषहरियामा, बोदे बर्साइन नगरपालिका–९ स्थित जनस्वास्थ्य चौकी देउरी स्वर्णपट्टिबाट महान् सहिद जन राष्ट्रिय प्राथमिक विद्यालय स्वर्णपट्टिमा, हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित गाविस भवन पोर्ताहाबाट कंकालिनी माध्यमिक विद्यालयमा, वडा नं ११ स्थित मस्जिद फूलबारी सखुवाटोल नजिकको चउरबाट सीताराम आधारभूत विद्यालयमा मतदानस्थल सार्ने सिफारिस भएको छ।

यसैगरी कञ्चनरूप नगरपालिका–३ पोखरी छेउको चौर गोरपारबाट राष्ट्रिय मावि वनरैतामा, छिन्नमस्ता गाउँपलिका–७ स्थित राष्ट्रिय प्रावि हाटीबाट वडा कार्यालय हाटीमा, तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित डिहवारस्थान चउर मधेपुराबाट राष्ट्रिय प्रावि मधेपुरामा मतदान स्थल सार्ने सिफारिस गरिएको छ। 

विष्णुपुर गाउँपालिका–१ स्थित आधारभूत विद्यालय परसाही स्वास्थ्य चौकीमा साविक मतदानस्थल कायम रहने गरी गाविस भवन जमुनी मधेपुराको मतदानस्थल सार्ने सिफारिससमेत भएको छ।

मतदाता सङ्ख्या बढी भएको र ठाउँ सानो भएको १८ मतदानस्थललाई टुक्र्याएर मतदातालाई पायक पर्ने अर्को मतदानस्थल थप गर्ने सिफारिस भएको निर्वाचन अधिकारी जोशीले बताए। राजविराज नगरपालिका–६ बहिरा बालक स्कुललाई टुक्र्याएर खानेपानी संस्था खैरसाल, वडा नं १० स्थित राष्ट्रिय प्रावि दिघवालाई टुक्र्याएर नेपाल रेडक्रस प्रावि कमलपुर, वडा नं १२ स्थित गाविस भवन विषहरियालाई टुक्र्याएर राष्ट्रिय प्रावि दमावती थप गर्ने सिफारिस भएको छ। 

कञ्चनरूप नगरपालिका–३ स्थित राष्ट्रिय मावि वनरैत टोलको मतदानस्थललाई टुक्र्याएर शङ्कर मावि सुब्बाटोल, वडा नं ९ स्थित इलाका वन कार्यालय काष्ठमहललाई टुक्र्याएर राष्ट्रिय प्रावि रघुनाथपुर, वडा नं १० जनता आधारभूत विद्यालय बदगामालाई टुक्र्याएर राष्ट्रिय प्रावि डेढाहा थप गर्ने सिफारिस गरिएको छ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित गाविस भवन भारदहलाई टुक्र्याएर कोसी ब्यारेजमा मतदान केन्द्र टुक्रा पारी विपी स्मारक माविमा थप्ने, वडा नं ८ स्थित जोगनी राष्ट्रिय प्रावि जोगिनिया टुक्र्याएर राष्ट्रिय प्रावि बेल्हा थप गर्ने सिफारिस भएको छ।

छिन्नमस्ता गाउँपलिका–६ स्थित ब्रह्मस्थान चउर लालपट्टि खुदीबखारीलाई टुक्र्याएर कुपही मावि, तिरहुत गाउँपालिका–१ स्थित जनता राष्ट्रिय प्रावि धनपुरीलाई टुक्र्याएर राष्ट्रिय प्रावि धनपुरी त्रिकोल, वडा नं ४ स्थित मावि डिमनलाई टुक्र्याएर बिर्ता टोल हनुमान मन्दिर थप गर्ने सिफारिस भएको छ।

तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित राष्ट्रिय देवकी आधारभूत विद्यालयलाई टुक्र्याएर सामुदायिक भवन रामजानकी मन्दिर मुखिया टोल, राजगढ गाउँपालिका–६ स्थित राष्ट्रिय प्रावि फकिरालाई टुक्र्याएर आधारभूत विद्यालय बरदाही, महादेवा गाउँपालिका–१ स्थित नरबहादुर थापा मावि पकरीलाई टुक्र्याएर राष्ट्रिय प्रावि बल्थी, वडा नं ६ स्थित गाविस भवन ढिकलीलाई टुक्र्याएर सामुदायिक भवन ढिकली थप गर्ने सिफारिस भएको छ।

रूपनी गाउँपालिका–२ स्थित राजाजी स्थान पिप्राही चौरलाई टुक्र्याएर जेसिज आधारभूत विद्यालय पौवा, बलान बिहुल गाउँपालिका–२ स्थित राष्ट्रिय प्रावि पथराहालाई टुक्र्याएर राप्रावि दिघिया, वडा नं ३ स्थित प्ररासु पशुपति विद्यालय टिकुलियालाई टुक्र्याएर पञ्चायत रजत जयन्ती राप्रावि दुधैला मतदानस्थल थप गर्ने सिफारिस भएको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ स्थित वडा कार्यालय भवन हरिहरपुरलाई आधारभूत विद्यालय मटिगढीमा र कञ्चनरूप नगरपालिका–३ स्थित पोखरी छेउको चौर गोरपारलाई राष्ट्रिय मावि वनरैत टोलमा गाभ्ने निर्णय भएको छ। 

यसैगरी संघीय संरचनाअघिका पुराना नाम र त्रुटिपूर्ण ३३ वटा नाम सच्याउने निर्णय भएको छ। कञ्चनरूप नगरपालिका–८ स्थित गाविस भवन कञ्चनरूप, वडा नं १२ स्थित गाविस भवन रूपनगर, डाक्नेश्वरी नगरपालिका–७ स्थित गाविस भवन ब्रह्मपुर, वडा नं ८ स्थित गाविस भवन गम्हरिया प्रवाहाको नाम वडा कार्यालय भवन भनेर सच्याइएको छ। 

तिरहुत गाउँपालिका–२ स्थित गाविस भवन मैनाकडेरी, वडा नं ५ स्थित गाविस भवन लोहजरा, तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित गाविस भवन मन्सापुर, बोदे बर्साइन नगरपालिका–१ स्थित गाविस भवन धनगढी, वडा नं ८ स्थित गाविस भवन काचन, वडा नं ९ स्थित गाविस भवन देउरी स्वर्णपट्टिको नाम वडा कार्यालय भवन भनेर सच्याइएको छ। 

वडा कार्यालय भवन भनेर सच्याइएको नाममा महादेवा गाउँपालिका–२ स्थित गाविस भवन चकला, वडा नं ४ स्थित गाविस भवन डाढा, वडा नं ६ स्थित गाविस भवन ढिकली, राजविराज नगरपालिका–१६ स्थित गाविस भवन बोरिया, बलान बिहुल गाउँपालिका–४ स्थित गाविस भवन बेल्हीसमेत रहेको छ। 

यस्तै शम्भुनाथ नगरपालिका–१ स्थित गाविस भवन खोक्सर, वडा नं ६ स्थित गाविस भवन मोहनपुर, वडा नं १० स्थित गाविस भवन रामपुर जमुवा, सुरुङ्गा नगरपालिका–१ स्थित गाविस भवन पिप्रा पश्चिम, वडा नं ३ स्थित गाविस भवन लक्ष्मीपुर, वडा नं ४ स्थित गाविस भवन मधुपट्टि, वडा नं ५ स्थित गाविस भवन कुशहा, वडा नं ७ स्थित गाविस भवन हरिपुर, वडा नं ८ स्थित गाविस भवन मल्हन्माको नाम पनि वडा कार्यालय भवन भनेर सच्याइएको छ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित गाविस भवन भारदह, वडा नं ३ स्थित गाविस भवन पोर्ताहा, वडा नं ४ स्थित गाविस भवन मधवापुरको नाम वडा कार्यालय भवन भनेर सच्याइएको छ। यस्तै डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिहराको नाम हरिराहा, वडा नं ५ स्थित कच उच्च मावि पातोको नामा कच मावि पातो, डाक्नेश्वरी नगरपालिका–१० स्थित फेकनी मावि बनौलाको नाम हिरा फेकनी मावि बनौला, महादेवा गाउँपालिका–४ स्थित उपस्वास्थ्य चौकी बलिया डाढा साविक गाविस भवनको नाम उपस्वास्थ्य चौकी बलिया डाढा, बोदे बर्साइन नगरपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय गौराहाको नामा राष्ट्रिय प्राथमिक विद्यालय गौरा हुनुपर्ने गरी सच्याइएको छ।

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गौतमको अध्यक्षतामा बसेको बैठकले विभिन्न राजनीतिक दल, स्थलगत अवलोकन, निरीक्षण तथा स्थानीयवासीको सुझावका आधारमा मतदानस्थल थप्ने, सार्ने, गाभ्ने, सच्याउने गरी निर्वाचन आयोगलाई सिफारिस पठाइएको निर्वाचन अधिकारी जोशीले बताए। 

प्रकाशित: Aug 17, 2022| 05:40 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।