मंगलबार, जेठ १९, २०८३

पत्रकार पोखरेलको बुटवलमा अन्त्येष्टि

पञ्चायतकालबाटै पत्रकारितामा सक्रिय प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार वसन्त पोखरेलको ६८ वर्षको उमेरमा निधन भएको छ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

बुटवल– पञ्चायतकालबाटै पत्रकारितामा सक्रिय प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार वसन्त पोखरेलको ६८ वर्षको उमेरमा निधन भएको छ। मंगलबार बिहान निधन भएका पोखरेलको नेपाल पत्रकार महासंघको झन्डा ओढाएर अन्त्येष्टि गरिएको छ।

National life

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष समेत रहेका पोखरेलको हिन्दू परम्पराअनुसार बुटवल २ मैनाबगरमा अन्त्येष्टि गरिएको हो। पत्रकार महासंघ रुपन्देहीले झन्डा ओढाएर श्रद्धाञ्जदी दिएको छ। श्रद्धाञ्जलीसभामा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्षहरु बालकृष्ण चापागाई, विनोद पहाडी, डिआर घिमिरे, मोहन चापागाई, निवर्तमान अध्यक्ष यानेन्द्र जिसि, महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का, विभिन्न पत्रकार सम्बद्ध संस्थाका प्रतिनिधि, पत्रकार, राजनीतज्ञ एवं उद्योगी व्यवसायीहरुको उपस्थिती थियो ।

श्रद्धाञ्जली सभामा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले रुपन्देहीले एकजना कर्मठ, इमान्दार र निडर पत्रकार गुमाएको बताए। उनले पोखरेलले चार दशकभन्दा बढी सक्रिय पत्रकारिता गरेको बताए। महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डिआर घिमिरेले जीवनी प्रस्तुत गर्दै पत्रकारिताको एउटा धरोहर ढलेको बताए।

पोखरेल २०३२ सालबाटै लेखन कार्यमा सक्रिय भएको र २०३५ सालबाट विभिन्न विचारमूलक पत्रपत्रिकामा काम गर्न थालेका हुन्। पत्रकारिताकै शिलशिलामा २०५८ सालमा प्रहरी हिरासतमा समेत बस्नुपरेको थियो।

विचार, लुम्बिनी दूत, दैनिक निर्णय, जनादेश, दैनिक लुम्बिनी, भावना दैनिक, दैनिकपत्र, जनसंघर्ष हुँदै हाल बुटवल टुडेको सल्लाहकार सम्पादकका रुपमा कार्यरत थिए। पोखरेलको २ छोरा, एक छोरी र श्रीमती छन्। पोखरेलको निधनप्रति नेपाल पत्रकार महासंघ रुपन्देही सहित विभिन्न पत्रकार सम्बद्ध संस्थाहरुले श्रद्धाञ्जली दिएका छन्।

Shivam cement

प्रकाशित: Aug 16, 2022| 16:42 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।