सोमबार, फागुन १८, २०८२

युनाइटेडको विकल्प खोज्दै रोनाल्डो

म्यानचेस्टर युनाइटेका फर्वाड क्रिस्टियानो रोनाल्डोले युनाइटेड छाड्ने बताएका छन्। उनका एजेन्ट जर्ज मेन्डेजले अन्य क्लबको खोजी भइरहेको बताएका हुन्।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं– म्यानचेस्टर युनाइटेका फर्वाड क्रिस्टियानो रोनाल्डोले युनाइटेड छाड्ने बताएका छन्। उनका एजेन्ट जर्ज मेन्डेजले अन्य क्लबको खोजी भइरहेको बताएका हुन्। 

मेन्डेजले सरुवा बजारको अन्तिम समयमा रोनाल्डोलाई अन्य क्लबमा लैजाने विषयमा लागिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा बताएका छन्। रोनाल्डोको युनाइटेडमा अझै एक वर्ष सम्झौता बाँकी रहे पनि युनाइटेड छाड्ने तयारी गरेका हुन्। रोनाल्डो सिजन सुरु हुनुअघि नै क्लब छाड्न चाहन्थे। तर अझै पनि युनाइटेडले भने रोनाल्डोलाई नबेच्ने बताउँदै आएको छ।

प्रिमियर लिगमा दुई खेल खेलेको युनाइटेड अंकविहीन हुँदै तालिकाको पुछारमा रहेको छ। टिमले राम्रो प्रदर्शन गर्न नसकेपछि रोनाल्डो क्लबमा बस्न इच्छुक नभएको बताइएको छ।

रोनाल्डोका लागि अहिले खराब समय चलिरहेको छ। गत सिजन उनी इटालियन क्लब युभेन्ट्सबाट प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड पुगेका थिए। सिजनको सुरुवाती दुई खेलमा पनि रोनाल्डोको प्रदर्शन राम्रो रहेन। ब्राइटन विरुद्धको पहिलो खेलमा उनी बेञ्चमा थिए। दोस्रो हाफमा मैदान प्रवेश गरे पनि गोल गर्न सकेनन्। युनाइटेड २–१ ले पराजित भयो।

यो दुई खेलको नतिजापछि रोनाल्डोमाथि पनि प्रश्न उठ्न थालेको छ। उनको विषयमा यतिसम्म खबर फैलियो कि अब युनाइटेडले नै उनको सम्झौता खारेज गर्ने तयारी गरेको छ। उनको सम्झौता यस सिजनको अन्त्यसम्म छ।

kumari

प्रकाशित: Aug 16, 2022| 16:33 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।