मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रधानमन्त्री देउवाले मनाएपछि मधेस प्रदेश सरकारको आन्दोलन स्थगित

प्रधानमन्त्री देउवाले मनाएपछि मधेस प्रदेश सरकारको आन्दोलन स्थगित

आउँदो चुनावलगत्तै बन्ने संघीय सरकारले प्रदेश प्रहरी समायोजनलाई प्राथमिकता दिने प्रधानमन्त्री देउवाको आश्वासनपछि मधेस प्रदेस सरकारको आन्दोलन स्थगित
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

National life
Laxmi sunrise bank
kumari

जनकपुरधाम– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रहरी समायोजनलाई प्राथमिकतामा राख्ने वचन दिएपछि मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध सुरु गरेको आन्दोलन स्थगित गरेको छ। आइतबार र सोमबार धर्नामा बसेको मधेस प्रदेश सरकारले मंगलबारदेखि आन्दोलन स्थगित गरेको मुख्यमन्त्री लालबाबु राउतले बताए।

धर्नास्थलमा आएका प्रदेश प्रमुख हरिशंकर मिश्रले संघ सरकार प्रहरी समायोजनमा गम्भीर रहेको र निर्वाचनलगत्तै गर्ने आश्वासन दिएको जानकारी दिए।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न पटक–पटक संघीय सरकारलाई दबाब दिएको, प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाउँदासमेत संघीय सरकारले नटेरेपछि मधेस प्रदेश सरकारका मुख्यमन्त्री रावतसहितको टोलीले आइतबारदेखि प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना दिन थालेको थियो।

प्रकाशित: Aug 16, 2022| 14:25 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।