शनिबार, मंसिर ६, २०८२

निलम्बनसँगै महिला साफ च्याम्पियनसिपबाट बाहिरियो भारत

भारतको फुटबल संघ फिफाको प्रतिबन्धमा परेपछि उसले साफमा भाग लिन नपाउने भएको हो।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं– नेपालमा आउँदो २५ भदौबाट सुरु हुने महिला साफ च्याम्पियनसिपमा भारतले भाग लिन नपाउने भएको छ। काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताअघि नै भारतको फुटबल संघ फिफाको प्रतिबन्धमा परेपछि उसले साफमा भाग लिन नपाउने भएको हो।

National life

भारतले साफमा मात्र होइन, कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन। भारतीय टिमले पनि एएफसी क्लब स्तरको प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।

यसअघि साफ च्याम्पियनसिपमा आयोजक नेपालसहित सात देशले सहभागिता जनाउने तय थियो। तर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने नमिल्ने गरी विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले भारतलाई अनिश्चितकालीन लागि प्रतिबन्ध लगाएको छ।

फिफाको नियमविरुद्ध तेस्रो पक्षको संलग्नता रहेको र अल इन्डिया फुटबल फेडेरेसनको अध्यक्ष बाहिरी काममा लागेकाले उसले भारतको फुटबल फेडेरेसनलाई अनिश्चितकालीन प्रतिबन्धमा राखेको हो।

यसअघि पाकिस्तानलाई पनि फिफाले प्रतिबन्धमा राखेको थियो। तर अहिले पाकिस्तानको फुटबल प्रतिबन्धबाट फुकुवा भइसकेको छ। यसअघिका धेरै प्रतियोगितामा पाकिस्तान सहभागी बनेको थिएन।

Laxmi sunrise bank
kumari

आउँदो साफमा भारत सहभागी नबन्ने भएपछि अब ६ देशको सहभागिता हुनेछ। आयोजक नेपालसहित पाकिस्तान, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सले मात्रै खेल खेल्नेछन्।

साफका समूह ‘ए’मा अब भारत हुने छैन भने बंगलादेश, पाकिस्तान र माल्दिभ्स रहनेछन्। बाँकी टिम समूह ‘बी’मा छन्। भारत सहभागी बन्न नपाउने भएसँगै प्रतियोगितामा खेल संख्या पनि परिवर्तन हुनेछ। साफले सार्वजनिक गरेको तालिकाअनुसार दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने थिए। सेमिफाइनलमा जित निकाल्ने टिमले फाइनल खेल्नेछन्।

प्रकाशित: Aug 16, 2022| 14:07 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।