धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते सार्वजनिक बिदा दिने भएको छ। भदौ १ गते मनाइने ओल्के पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो।
उक्त दिन सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ। साउन मसान्तसँगै प्रदेशमा ओल्के पर्वको रमझम सुरु हुन्छ।
ओल्के मनाउन रोजगारीका लागि भारत लगायतका स्थानमा गएका सुदुरपश्चिमेलीहरू स्वदेश फर्कन थालेका छन्।
साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ।