सोमबार, फागुन १८, २०८२

पास दिने फेलिक्स, गोल गर्ने मोराटा र ग्रिजनम

स्पेनिला लिगमा सबैभन्दा बलियो इतिहास भएका टिम हुन रियल मड्रिड र बार्सिलोना। यदि त्यहाँको शक्तिशाली तेस्रो क्लबको खोजी हुन्छ भने त्यो हो एट्लेटिको मड्रिड।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं- स्पेनिला लिगमा सबैभन्दा बलियो इतिहास भएका टिम हुन रियल मड्रिड र बार्सिलोना। यदि त्यहाँको शक्तिशाली तेस्रो क्लबको खोजी हुन्छ भने त्यो हो एट्लेटिको मड्रिड।

त्यही एट्लेटिकोले सोमबार रातिको खेलमा गेटाफेलाई ३-० ले हराएर सुरुआति खेलमै तीन अंक सुरक्षित गरेको छ। जितका लागि एट्लेटिकोले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा दुई गोल। तर, ती सबै गोलका लागि पोर्चुगिज फरवार्ड जोआ फेलिक्सले पास उपलब्ध गराएका थिए।

खेलको १५औं मिनेटमा फेलिक्सले डी बक्सको केही परबाट उपलब्ध गराएको बलललाई अल्भेरो मेराटाले पोस्टमा छिराएका थिए। त्यस्तै, ७५औं मिनेटमा मोराटाले नै  गोल गरे। यसपटक चाहिँ फेलिक्सले २५ यार्ड  बक्सो अगाडिबाट पास दिएका थिए। त्यसलाई मोराटाले पोस्टको दाहिनो भागबाट सिधैँ जालीभित्र प्रहार गरेका थिए।

खेलमा प्लेमेकरको भूमिकामा देखिएका फेलिक्सले जब तेस्रो पास उपलब्ध गराए त्यतिबेलाउ उनी आफ्नो कोर्टको १० यार्ड वृत्तभित्र थिए।

उनले सेन्टर लाइन छेउमा भएका ग्रिजमनलाई उपलब्ध गराएको बललाई ग्रिजमनले अगाडि बढाएर गरेको प्रहार गेटाफेका गोलकिपरले रोक्न सकेनन्। यससँगै ला लिगामा एट्लेटिकोले ३-० को जितका साथ तीन अंक जोडेको हो।

kumari

यो जितसँगै लिगको पहिलो चरण सकिँदा एट्लेटिको तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानमा भने भिल्लारियल रहेको छ।

गएरातिकै खेलमा भने रियल बेटिसले १० खेलाडीमा समेटिएको एल्चेलाई ३-० गोलले नै हराएको छ।

प्रकाशित: Aug 16, 2022| 08:10 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।