शनिबार, मंसिर ६, २०८२

डियाजको 'सेन्सेसनल' गोलमा लिभरपुललाई एक अंक

सोमबार राति एनफिल्ड रंगशालामा भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेलेको हो।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं- एक गोलले पछि परेको अवस्थामा गोल गर्दै लुइस डियाजले घरेलु मैदानमा लिभरपुललाई हारबाट जोगाएका छन्। सोमबार राति एनफिल्ड रंगशालामा भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेलेको हो।

National life

प्रतिस्पर्धात्मक खेलको ३२औं मिनेटमै क्रिस्टलका वेलफ्रिड जाहाले गोल गर्दै पाहुना टिमलाई एक गोलको अग्रता दिलाएका थिए।

त्यसबीच खेलको ५७औं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो। प्रिमियर लिगमा अघिल्लो हप्ता मात्र डेब्यू गरेका र घरेलु मैदानमा डेब्यूको दिन नै नुनेज डार्विनले विपक्षीको पेनाल्टी बक्समा खेलाडी लडाएपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए।

बिबिसीका चिफ फुटबलराइटर फिल म्यानल्टले उनलाई अनुशासन नभएको खेलाडीको संज्ञा दिएका छन्। १० खेलाडीमा समेटिएको केहि मिनेटमै लिभरपुलले गोल फर्काएको थियो। यो बराबरीपछि लिभरपुलले लिगको सुरुआति दुई खेलमा चार अंक गुमाएको छ। उसले अहिलेसम्म दुई अंक मात्र जोड्न सफल भएको छ। पहिलो खेलमा पनि उसले फुलहामसँग बराबरी खेलेको थियो।

प्रकाशित: Aug 16, 2022| 07:29 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।