शनिबार, मंसिर ६, २०८२

प्रभाकरका आँखा युवा खेलाडीमा

लिग २ मा नेपाल तालिकाको छैटौं स्थानमा छ। २० खेलमा ८ जित जित र अमेरिकाविरुद्ध एउटा बराबरी खेलेको नेपालले अहिलेसम्म १७ अंक मात्र जोडेको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं– श्रीलंकन मूलका क्यानेडियन नागरिक पुबुदु दाशानायकेले यही साउन ४ गते राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको नेपाली राष्ट्रिय टिमले भारतीय पूर्व अलराउण्डर मनोज प्रभाकरलाई नयाँ प्रशिक्षकको रुपमा पायो। तिनै प्रशिक्षक प्रभाकरले आफ्नो पहिलो लक्ष्य नेपाललाई आईसीसी क्रिकेट लिग–२ को शीर्ष तीनमा पुर्याउनु रहेको बताएका छन्। आइतबार आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा मुख्य प्रशिक्षक प्रभाकरले यस्तो बताएका हुन्।

National life

उनले भने, ʻहामीले २० खेल खेलिसकेका छौं, जसमध्ये ११ खेलमा हामी पराजित भएका छौं। हामी अब विगतलाई आराम दिन्छौं, अर्थात् बिर्सिन्छौं। अब हामीले अधिकांश समय यसमा ध्यान केन्द्रित गर्नेछौं। नेपालले अब खेल्न बाँकी रहेको १६ खेलमा अधिकांश खेल जित्नेछौं, यो नै मेरो पहिलो लक्ष्य हो।ʼ

लिग २ मा नेपाल तालिकाको छैटौं स्थानमा छ। २० खेलमा ८ जित जित र अमेरिकाविरुद्ध एउटा बराबरी खेलेको नेपालले अहिलेसम्म १७ अंक मात्र जोडेको छ। यो भनेको नेपाली टिम एक दिवसीय मान्यतामा दुर्घटनातर्फ जाँदैछ भन्ने संकेत हो। अब त नेपाली टिमले एकदिवसीय मान्यता जोगाउनै संघर्ष गर्नुपर्ने भएको छ।

ग्लोबल छनोटमा सहजै पुग्ने हो भने नेपालले लिग–२ को शीर्ष तीनमा रहनुपर्नेछ। यसका लागि नेपालले बाँकी खेलमा सुधारिएको प्रदर्शन गर्न आवश्यक छ। त्यसका लागि ओमन, स्कटल्यान्ड, यूएई नेपालको तगारो भइरहेका छन्। अब जिम्बाबेमा सन् २०२३ मा ग्लोबल छनोट हुनेछ। ग्लोबल छनोटमा १० टिमले सहभागिता जनाउँछन् र शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन्।

लिग २ मा नेपाल तालिकाको छैटौं स्थानमा छ। २० खेलमा ८ जित जित र अमेरिकाविरुद्ध एउटा बराबरी खेलेको नेपालले अहिलेसम्म १७ अंक मात्र जोडेको छ।

नेपाली टिममा अहिले युवा खेलाडीको वर्चस्व छ। यसैलाई आफ्नो मुख्य तागतको रुपमा लिँदै प्रभाकरले युवा टोलीबाट धेरै अपेक्षा रहेको बताए। उनले भने, ʻनेपाली टिम युवा खेलाडीको औसत उमेर २२ वर्ष छ। युवाहरु नयाँ सिक्नका लागि तयारी गरिरहेका हुन्छन्, अनि सिक्ने कुरामा प्राविधिक रुपमा तयार छन्। जसले गर्दा नेपाली टिम चाँडै नै राम्रो स्तरमा पुग्ने छ।’

Laxmi sunrise bank
kumari

उनले नेपाली टोलिलाई यसअघि प्रशिक्षण गरेको टिम (अफगानिस्तान)सँग तुलना गर्दै नेपालको स्तर सुध्रिने बताएका छन्। ʻमैले यसअघि प्रशिक्षण गरेका टिमहरु अफगानिस्तान, दिल्ली, राजस्थानजस्ता टिमका युवा खेलाडीको राम्रो सहकार्यले गर्दा टिमले नतिजा राम्रो आएको थियो। मैले युवा खेलाडीबाट आशा गरेको छु। तर खेलाडीले कुरा सुन्नुपर्छ, साथमा जिम्मेवार पनि हुनु आवश्यक छ। जसले गर्दा विगतमा अन्य टिममा जस्तै नेपालको पनि भविष्य राह्रो हुनेछ। आज हामीले जे सुरुवात गरेका छौं, मलाई लाग्छ नेपालको भविष्य सुन्दर हुनेछ।ʼ

उनले टिमलाई एक परिवारको संज्ञा दिँदै परिवार जसरी नै अघि बढ्ने बताएका छन। उनले भने, ʻअब हामी एक परिवार भइसकेका छौं। एक जनालाई दुःख भएमा हामी सबैलाई महसुस हुनेछ। र, यो नै मेरो उद्देश्य हो कि हामी एक परिवार भएर लड्नेछांै। हामी सँगै अगाडि बढ्नेछौं, जसले गर्दा हामीलाई भविष्यमा फाइदा पुर्याउने छ।ʼ

आफू पहाडमा बसेको अनुभव सुनाउँदै उनले त्यहाँ नेपालीले गर्ने मेहनतको प्रशंसा पनि गरे। उनलाई लाग्छ पहाडमा बस्ने मानिस धेरै मेहेनति हुन्छन्। उनले भने, ʻमैले नेपालीहरुले कडा परिश्रम गरेको देखेको छु। जब तपाईं पहाडमा कडा मिहिनेत गर्नुहुन्छ, त्यसपछि तपाईंले मैदानमा आएर प्रदर्शन गर्नुहुन्छ। त्यहाँ तपाईं थाक्नुहुन्न र राम्रो प्रदर्शन गर्न सक्नुहुन्छ। नेपालीहरु यस्ता कुरामा अगाडि छन्। त्यसैले मलाई लाग्छ नेपालीहरु प्राकृतिक रुपमै सक्षम हुन्छन्। जसले गर्दा नेपालीबाट धेरै अपेक्षा गरेको छु।ʼ

उनले नेपाली खेलाडीको प्रशंसा मात्र होइन, आलोचना पनि गरेका छन्। नेपाली खेलाडी टी २० का लागि धेरै अभ्यास गरिरहेका हुन्छन्। तर रियल क्रिकेट भनेर टेस्टलाई लिइन्छ। टेस्ट खेल्नका लागि टेक्निक आवश्यक छन्। तर नेपाली खलाडी टेक्निक बिर्सिएर हार्ड हिट गरेको उनले टिप्पणी गरे।

‘नेपाली खेलाडीले टी २० फर्म्याटको आईपीएल लगायतका प्रतियोगिता धेरै हेरेर त्यसको तयारी गरिरहेका छन्। त्यो वास्तवमा उल्टो प्रकृया हो,’ उनले भने, ‘हामीले पहिले टेक्निकल्ली खेल्न सक्यौँ भने हामीले सहजै सय रन बनाउन सकिन्छ नि।’

उनले मिडियाका साथै सबैबाट सकारात्मक साथको अपेक्षा राखेको बताएका छन्। उनले मिडिया संसारकै सबैभन्दा शक्तिशाली कुरा रहेको र उनीहरुबाट सकारात्मक साथको अपेक्षा रहेको बताए। उनले भने, ʻमिडिया संसारकै सबैभन्दा शक्तिशाली चिज हो। मलाई मात्र हैन सबैलाई मिडियाबाट सकारात्मक साथको आवश्यक हुन्छ। त्यसैले गर्दा म मिडियाबाट सकारात्मक साथको अपेक्षा गर्दछु। यदि मैले सकारात्मक साथ पाएँ भने केही समयमै नेपाली क्रिकेट र खेलाडीमा ठूला परिवर्तनहरु हुनेछन्।ʼ

प्रकाशित: Aug 15, 2022| 18:48 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।