शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • रियल मड्रिडको भारी जर्सी युवा खेलाडीले सम्हाल्न कठिन छः कार्लोस

रियल मड्रिडको भारी जर्सी युवा खेलाडीले सम्हाल्न कठिन छः कार्लोस

स्पेनिस ला लिगाको साविक विजेता रियल मड्रिडले नयाँ सिजनको सुरुवात कठिन जितका साथ गरेको छ। रियलले अल्मेरियालाई २-१ ले पराजित गरेको छ। रियलको जितमा लुकास भास्क्वेज र डेभिड अलाबाले गोल गरे।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्पेनिस ला लिगाको साविक विजेता रियल मड्रिडले नयाँ सिजनको सुरुवात कठिन जितका साथ गरेको छ। रियलले अल्मेरियालाई २-१ ले  पराजित गरेको छ। रियलको जितमा लुकास भास्क्वेज र डेभिड अलाबाले गोल गरे।

यसै सिजन मोनाकोबाट भित्र्याएको नयाँ खेलाडी टुवामेनीले राम्रो प्रदर्शन गर्न सकेनन्। उच्च अपेक्षाका साथ मैदान प्रवेश गरेका उनले सिजनको पहिलो खेलमा आफूलाई प्रमाणित गर्न सकेनन्। यसै प्रसंगलाई लिएर मिडियासँग कुरा गर्दै प्रशिक्षक एन्सोलोट्टीले रियल मड्रिडको जर्सी भारी रहेको र नयाँ युवा खेलाडीले सम्हाल्न केही गाह्रो हुने बताए। 

उनले भने, ʻनयाँ खेलाडीले ट्रेनिङमा कडा मिहिनेत गरेका छन्। जसले गर्दा उनले टिममा स्थान बनाएर ठूला खेल खेल्न योग्य छन्। तर मलाई लाग्छ नयाँ खेलाडीलाई यो खेलले भावनात्मक रुपमा केही असर गरेको छ। उनले ट्रेनिङमा गरेको प्रदर्शनलाई निरन्तरता दिन सकेनन्। तर यो स्वाभाविक पनि हो, किनकी उनले सानै उमेरमा यो जर्सी लगाएका छन्। यो जर्सी लगाएर खेल्न धेरै गाह्रो छ।ʼ

प्रकाशित: Aug 15, 2022| 17:27 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।