शुक्रबार, जेठ ४, २०८१

'रक बटम'मा युनाइटेड, चलेन टेन ह्यागको जादू

खराब प्रदर्शनपछि युरोप तथा संसारभरि नै फुटबल समर्थकले युनाइटेडलाई सामाजिक सञ्जालमा ट्रोलको विषय बनाएर मजाक गरिरहेका छन्। कुनै क्लबले हारिरहेको छ भने उसको नामै युनाइटेड राख्न थालिएको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं– प्रिमियर लिगको पहिलो खेलमै पराजित भयो, म्यान्चेस्टर युनाइटेड। यसरी पराजित हुने युनाइटेड दुर्लभ प्रशिक्षकमा पर्छन् एरिक टेन ह्याग। पहिलो खेलमा हारेका उनको क्लब दोस्रो खेलमा पनि जितविहीन बन्यो। ब्राइटनविरुद्ध खेल्दै नयाँ सिजनको सुरुआत गरेको युनाइटेड २–१ ले पराजित भयो। 

triton college

त्यस्तै, दोस्रो खेलमा ब्रेन्टफोडसँग उसको गोलपोस्ट नै ध्वस्त भयो। उसले त्यो खेल ४–० ले गुमायो।

ब्राइटानसँगको हार प्रशिक्षक टेन ह्याग र खेलाडीका लागि नयाँ चेतावनीसँगै चुनौती पनि हो। लगातारको दोस्रो हारले युनाइटेडलाई दुर्घटनातर्फ लैजाने संकेत देखाएको छ। अंकविहीन युनाइटेड तालिकाको पुच्छरमा पुग्यो, जसलाई टेन ह्याग तथा रोनाल्डोले सहर्षै स्वीकार्न सक्दैनन्। क्लब छाड्ने निर्णयमा पुगेर फर्किएका रोनाल्डोका लागि युनाइटेडमा दोस्रो सिजन सुखद नहुने देखिएको छ।

अहिले एउटा कुरा रोमाञ्चकारी पनि लाग्न सक्छ। प्रिमियर लिगको अंकतालिका म्यानचेस्टरबाट सुरु भएर म्यानचेस्टरमै सकिँदै छ। अहिले शीर्षस्थानमा छ, म्यानचेस्टर सिटी अनि पुछारमा म्यानचेस्टर युनाइटेड।

यो हारको शृंखलाले विगतको एउटा कुरालाई सम्झाउँछ। युनाइटेड १९९२/९३ अर्थात् प्रिमियर लिगको पहिलो संस्करणपछि पहिलो पटक लिगको सुरुआती खेलमा जितविहीन भएको हो। पहिलो संस्करणको प्रिमियर लिगमा युनाइटेड पहिलो खेलमा पराजित भएको थियो। तर संयोगको कुरा भने उसले त्यो संस्करणको लिग उपाधि जितेको थियो। साथै, युनाइटेडका सन् १९९२ का स्कटिस प्रशिक्षक जोन ल्याम्पपछि वर्तमान प्रशिक्षक डच प्रशिक्षक टेन ह्याग सिजनको सुरुआती लगातार दुई खेलमा पराजित हुने प्रशिक्षक बनेका छन्।

corrent noodles
Metro Mart

ट्रोल बन्यो युनाइटेड

खराब प्रदर्शनपछि युरोप तथा संसारभरि नै फुटबल समर्थकले युनाइटेडलाई मजाकको विषय बनाइरहेका छन्। कसैले हारिरहेको छ भने उसको नामै युनाइटेड राख्न थालिएको छ। युनाइटेडको ट्रोलले अहिले सामाजिक सञ्जाल तताइरहेको छ। साथै, ट्वीटरमा पनि एम्प्टी ओल्ट्राफोड(ओल्ड ट्राफोर्ड खाली गरौं) ट्रेन्डिङमा छ। तुलनात्मक रूपमा कमजोर टिमसँगको फितलो प्रदर्शनपछि युनाइटेडलाई बलियो टोलीविरुद्ध झन् असहज हुने देखिएको छ। प्रिमियर लिगमा अर्को साता युनाइटेडले बलियो प्रतिद्वन्द्वी लिभरपुलविरुद्ध खेल्दै छ। लिभरपुल पछिल्लो समय पूरा लयमा रहेको टिम हो, जसले गर्दा युनाइटेडलाई जित निकाल्न सहज हुने छैन।

शनिबार रातीको हारपछि प्रशिक्षक टेन ह्यागले टिममा नयाँ तथा स्तरीय खेलाडी आवश्यक रहेको बताएका छन्। उनले भने, ‘हामीले अहिले गरेको प्रदर्शन सन्तोषजनक छैन। हामीले स्तरीय प्रदर्शनको आवश्यकता छ। हामीले सोचेजस्तो नयाँ सिजनको सुरुआत गर्न सकिरहेका छैनौं। टिमका हिसाबमा कठिन अवस्थामा छौं।’

अब क्लबले नयाँ तथा स्तरीय खेलाडीलाई भित्र्याउन प्रयास गर्ने उनको भनाइ छ। उनले खेलमा राम्रो प्रदर्शन जरुरी रहेको सुनाए। उनले भनेका छन्, ‘हामीले राम्रो खेल्नुपर्छ। राम्रो सुरुआत गर्नुपर्ने थियो, जहाँ हामी चुकिइसकेका छौं। हामीले राम्रो प्रदर्शनका लागि टिममा धेरै परिवर्तन गर्नुपर्छ। टिम तथा टिम योजनामा अडिग रहनुपर्छ, जुन अहिले यो गर्न सकिरहेका छैनौं।’

नयाँ तथा स्तरीय खेलाडीको खोजी गर्ने क्रममा उसले बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डीजोङलाई क्लबमा अनुबन्ध गर्ने प्रयास गरेको थियो। तर बार्सिलोनाले उसलाई बेच्ने इच्छा नदेखाएपछि अन्तिम समय युनाइटेडले डिजोङको विषयबाट हात निकालेको हो।

कारण यो पनि हुन सक्छ, डी जोङ युनाइटेडमा अनुबन्ध हुने सम्भावना लगभग समाप्त भयो। उता, युभेन्टस्का मिडफिल्डर राबियोट भने लगभग युनाइटेड अनुबन्धको नजिक छन्। क्रिस्चियन एरिक्सन, लिसान्द्रो मार्टिनेज र टायर्याल मालासियालाई ६५ मिलियन युरो खर्च गर्दै क्लबमा नयाँ खेलाडीका रूपमा भित्र्याइसेकको छ।

सोसल मिडियमा प्रतिक्रिया

डीन नामक सामाजिक सञ्जाल प्रयोगकर्ताले युनाइटेड क्लबको हरियो जर्सीको आलोचना गरे। उनले लेखेका छन्, ‘हामीले उज्याले हरियो जर्सी छनोट गरेर राम्रो ग¥यौं। यो युनाइटेड समर्थकको मुहार हो। तर हाम्रो पेट दुखिरहेको छ।’

उन्ड्रेउ नामक अर्का प्रयोगकर्ता लेख्छन्, ‘अब युनाइटेड रेलिगेसनमा जान्छ र टेन ह्याग क्रिस्टमसमै बर्खास्त हुनेछन्।’ बारोट्टाले लेखेका छन्, युनाइटेडले विश्वकप अघिसम्म एक अंक पनि जोड्ने छैन।

एलेक्स नामक अर्का प्रयोगकर्ताले लेखेका विषयचाहिँ युनाइटेडका फ्यानका लागि छ। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘युनाइटेडका समर्थकहरू रोएको देख्दा खुसी लाग्छ किनभने जब युनाइटेडले जित्छ, उनीहरू चर्को आवाज निकालेर कराउने गर्छन्। तर जब टिमले खराब प्रदर्शन गर्छ, उनीहरू खेल नसकिँदै फर्किन्छन्। वास्तविक समर्थक कि महिमाका सिकारीहरू?’

प्रकाशित: Aug 15, 2022| 14:10 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।