मंगलबार, कात्तिक ४, २०८२

जंगली जनावरको आक्रमणबाट सुर्खेतमा दुई जनाको मृत्यु

भेरीगंगा नगरपालिका-५ सुर्खेत गेरवानीका दुई जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

सुर्खेतमा- भेरीगंगा नगरपालिका-५ सुर्खेत गेरवानीका दुई जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ। 

Kumaribank

प्रहरीका अनुसार मृत्यु हुनेमा गेरवानी निवासी ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि वली रहेका छन्।

बर्दिया राष्ट्रिय निकुञ्जनजिक रहेको बफर जोन (मध्यवर्ती क्षेत्र)को जंगलमा घाँस काट्न गएका वेला उनीहरूलाई जंगली जनावरले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

उनीहरू आइतबार घरदेखि तीन–चार सय मिटर पूर्वतर्फ बर्दिया राष्ट्रिय निकुञ्जनजिक रहेको बफर एरियामा घाँस काट्न गएका थिए। सोही क्रममा जंगली जनावरले आक्रमण गरेको बताइएको छ।

उनीहरू अबेरसम्म नफर्किएपछि आफन्तले दिउँसो साढे चार बजेतिर अस्थायी प्रहरी पोस्ट बबईमा खबर गरेमा थिए। खोजतलास गर्दा दुवै मृत भेटिएको प्रहरीले जनाएको छ।

Metro Mart

प्रकाशित: Aug 15, 2022| 06:20 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।