सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • दलको विज्ञप्तिपछि बालेनको आक्रोश - फोहोरको रासमा कुहिएको राजनीति नगरौं

दलको विज्ञप्तिपछि बालेनको आक्रोश - फोहोरको रासमा कुहिएको राजनीति नगरौं

काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फोहोरको रासमा कुहिएको राजनीति नगर्न भन्दै आक्रोश व्यक्त गरेका छन्। आइतबार मेयर बालेनले काठमाडौंबाट २५० देखि ३५० फोहोर बोकेका गाडीहरु बञ्‍चरेडाँडा लैजाने बताएका थिए। तर, आइतबार स्थानीयहरुले अवरोध गरेपछि बालेनको योजना सफल हुन सकेन।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फोहोरको रासमा कुहिएको राजनीति नगर्न भन्दै आक्रोश व्यक्त गरेका छन्। आइतबार मेयर बालेनले काठमाडौंबाट २५० देखि ३५० फोहोर बोकेका गाडीहरु बञ्‍चरेडाँडा लैजाने बताएका थिए। तर, आइतबार स्थानीयहरुले अवरोध गरेपछि बालेनको योजना सफल हुन सकेन। 

National life

आइतबार दुई स्थानमा अलग-अलग कारणले सडक अवरुद्ध भयो। सडक अवरोधका बाबजुद पनि ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरे डाँडा पुगे। पानीको मुहानमा फोहोर फालेको र फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्दै स्थानीयहरु आक्रोशित भएका थिए। मेयर बालेनका अनुसार उक्त दुबै समस्याहरु समाधान भइसकेको बताएका छन्। 

तर, आइतबार नै धादिङको धुनिवेशी नगरपालिकाका तीन पार्टीहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै फोहोरमैलाको समस्या सदाका लागि बन्द गर्न आह्वान गरेका छन्। उनीहरुले विज्ञप्तिमा भनेका छन्, 'विगत १७ वर्षदेखि काठमाडौं महानगरलगायत अन्य धेरै नगरपालिकाको फोहोर धादिङ र निवाकोटको सिसडोल र पछिल्लो समय बन्चरेमा अव्यवस्थित तरिकाले फाल्दै आएको र फोहोरले स्थानीयको जिवन कष्टकर हुनुका साथै स्थानीयहरु विभिन्‍न रोगले ग्रसित भएका छन्।....यसको दीर्घकालीन समाधान  गर्ने कुराई गम्भीरताको साथ नलिकन जनताको स्वास्थ्यजस्तो संवेदनशील विषयलाई हल्कारुपमा लिएमा अबको संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने र बहिष्कारको अभियानमा लाग्‍ने चेतावनी दिएकोले फोहोरमैलाको समस्या समाधानमा लाग्‍न अनुरोध गर्दछौं।' 

उनीहरुले यसअघि पटक पटक गरी १७४ सम्झौता भए पनि कुनै पनि निकायले कार्यान्वयनको चासो नदिएकोप्रति पनि आक्रोश व्यक्त गरेका छन्। राजनीतिक दलका नेताहरुको विज्ञप्ति आएपछि काठमाडौंका मेयर बालेन थप आक्रोश हुँदै भने, 'फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ। राजनीति त्यस्तो हुँदैन। त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन। यसमा हेक्का राखौँ।'

उनले आइतबारका दुई अवरोध हटाउने बित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको पनि उल्लेख गरेका छन्। उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, 'वास्तवमै त्यो कसरत हो भने त्यो विडम्बनापूर्ण हुनेछ। वञ्‍चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन्। भूमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ। यो झुक्याएर गरिएको पनि थिएन। यसका वैधानिक सम्झौताहरु छन्। ती सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो।'

Shivam cement

एक तहको सरकारले अर्को तहकोसरकारलाई असफल बनाउने खेल गरेको पनि आरोप लगाएका छन्। भनेका छन्, 'सँगसँगै, हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ। यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ?'

यसअघि पनि काठमाडौंको फोहोर बोकेका गाडीहरु लैजानका लागि राज्यले बल प्रयोग गरेको थियो। जसमा केही सुरक्षाकर्मी र स्थानीयहरु घाइतेसमेत भएका दिए। आइतबार पनि काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई अवरोध गरिएको छ। 

प्रकाशित: Aug 14, 2022| 20:53 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...