शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बाहिरिएका १० खेलाडीसहित हुमागाईँले बन्द प्रशिक्षणमा बोलाए ४० खेलाडी

बाहिरिएका १० खेलाडीसहित हुमागाईँले बन्द प्रशिक्षणमा बोलाए ४० खेलाडी

यसअघि मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग टिममा विवाद बढेपछि उनले ११ खेलाडीलाई बन्द प्रशिक्षण बाट पठाएका थिए। उनले ती खेलाडीलाई राष्ट्रिय टिममा नराख्ने बताउँदै आएका छन्। यता एन्फा कार्यसमितिले ती खेलाडीलाई बोलाउने निर्णय गरेको थियो।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- आगामी असोज ११ मा बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि ४० खेलाडी बोलाइएको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ। नेपाली टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले काठमाडौंमा हुने खेलका लागि खेलाडीलाई बोलाएका हुन्।

National life

बिहीबार बसेको कार्यकारी समितिको बैठकले मैत्रीपूर्ण खेलका लागि हुमागाईलाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। त्यसपछी हुमागाइँले बन्द प्रशिक्षणमा खेलाडी बोलाएका हुन्।

यसअघि मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग टिममा विवाद बढेपछि उनले ११ खेलाडीलाई बन्द प्रशिक्षण बाट पठाएका थिए। उनले ती खेलाडीलाई राष्ट्रिय टिममा नराख्ने बताउँदै आएका छन्। यता एन्फा कार्यसमितिले ती खेलाडीलाई बोलाउने निर्णय गरेको थियो।

अहिले हुमागाइँले ती खेलाडीलाई पनि बन्द प्रशिक्षणमा बोलाएका छन्।

बन्द प्रशिक्षणमा परेका खेलाडी

Laxmi sunrise bank
kumari

खेलाडीहरू: गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, चिरिङ गुरुङ, सुमन अर्याल, राजिन धिमाल, निशान खड्का, अमित तामाङ

मिडफिल्डरः संजोग राई, पुजन उपरकोटी, राजन गुरुङ, तेज तामाङ, अरिक विष्ट, सेसेहाङ आङ्देम्बे, सुदिप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज जेउ ठकुरी, सुवास गुरुङ, आभास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट

फरवार्डः विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्ज प्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास।

 


प्रकाशित: Aug 14, 2022| 19:52 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।