शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • काठमाडौंको फोहोर समस्या समाधान नगरे चुनाव बहिष्कार गर्ने धुनिवेशीका दलहरुको चेतावनी

काठमाडौंको फोहोर समस्या समाधान नगरे चुनाव बहिष्कार गर्ने धुनिवेशीका दलहरुको चेतावनी

धुनिवेशी नगरपालिकाका रहेका नेपाली कांग्रेसका सभापति पूर्णसिंह तामाङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष भिषण धितालले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै फोहोरमैला सदाका लागि बन्द गर्न आह्वान गरेका हुन्।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- धादिङको धुनिवेशी नगरपालिकाका राजनीतिक दलहरुले फोहोर समस्याको दीर्घकालीन समाधान गर्न सरकारसँग माग गरेका छन्। धुनिवेशी नगरपालिकाका रहेका नेपाली कांग्रेसका सभापति पूर्णसिंह तामाङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष भिषण धितालले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै फोहोरमैला सदाका लागि बन्द गर्न आह्वान गरेका हुन्। 

National life

उनीहरुले विज्ञप्तिमा भनेका छन्, 'विगत १७ वर्षदेखि काठमाडौं महानगरलगायत अन्य धेरै नगरपालिकाको फोहोर धादिङ र निवाकोटको सिसडोल र पछिल्लो समय बन्चरेमा अव्यवस्थित तरिकाले फाल्दै आएको र फोहोरले स्थानीयको जिवन कष्टकर हुनुका साथै स्थानीयहरु विभिन्‍न रोगले ग्रसित भएका छन्।....यसको दीर्घकालीन समाधान  गर्ने कुराई गम्भीरताको साथ नलिकन जनताको स्वास्थ्यजस्तो संवेदनशील विषयलाई हल्कारुपमा लिएमा अबको संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने र बहिष्कारको अभियानमा लाग्‍ने चेतावनी दिएकोले फोहोरमैलाको समस्या समाधानमा लाग्‍न अनुरोध गर्दछौं।' 

स्थानीय पीडित जनताहरु अहिले पनि आन्दोलनमा नै भएकोले आजबाटै उक्त आन्दोलनमा आफ्नो पनि सहभागिता हुने स्थानीय नेताहरुले बताएका छन्। हालसम्म काठमाडौं महानगरलगायत राज्यका विभिन्‍न निकायसँग पटक-पटक गरी १७४ पटक सहमति भए पनि त्यो सहमति कार्यान्वयन नभएकोप्रति स्थानीयहरु आक्रोशित छन्। 

यसअघि काठमाडौंको फोहोर बोकेका गाडीहरु लैजानका लागि राज्यले बल प्रयोग गरेको थियो। जसमा केही सुरक्षाकर्मी र स्थानीयहरु घाइतेसमेत भएका दिए। आइतबार पनि काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई अवरोध गरिएको छ। 


Laxmi sunrise bank
kumari

 

प्रकाशित: Aug 14, 2022| 19:45 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।