शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विवेकशील साझा : रविन्द्रको राजीनामा स्वीकृत, समीक्षा अध्यक्ष र सञ्‍जिव संयोजक चयन

विवेकशील साझा : रविन्द्रको राजीनामा स्वीकृत, समीक्षा अध्यक्ष र सञ्‍जिव संयोजक चयन

विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रविन्द्र मिश्रको राजीनामा स्वीकृत भएको छ। पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मिश्रको राजीनामा स्वीकृत गरेको हो।
 |  आइतबार, साउन २९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

vianetvianet

काठमाडौं- विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रविन्द्र मिश्रको राजीनामा स्वीकृत भएको छ। पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मिश्रको राजीनामा स्वीकृत गरेको हो। 

triton college

यससँगै पार्टीले समीक्षा बाँस्कोटालाई अध्यक्ष चयन गरेको छ भने सञ्‍जिव भट्टराईलाई संयोजक चयन गरेको नेता प्रकाशचन्द्र परियारले जानकारी दिएका छन्। स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन नसकेको भन्दै मिश्रले जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा दिएका थिए। 

बास्कोटा यसअघि काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार हुन्। उनले ६४७ मत मात्रै ल्याएकी थिइन्। 

मिश्रले यसअघि राजीनामा दिँदै भनेका थिए, 'गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु।'

मिश्रले पार्टीको साधारण सदस्य रहिरहने बताए पनि पछिल्लो समय भने राजतन्त्रको वकालत गर्दै आएका छन् भने राजेन्द्र लिङ्देनको पार्टी प्रवेशका लागि छलफल गरिरहेका छन्। 

National life insurance

विवेशील साझाले वैशाख ३१ मा भएको स्थानीय निर्वाचनमा बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा जित हात पारेको थियो।

प्रकाशित: Aug 14, 2022| 19:11 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...