सोमबार, असोज ८, २०८०

सिट बाँडफाँट चाँडो टुंग्याउन कार्यदललाई गठबन्धनको निर्देशन

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्न बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले गठबन्धन दलबीच आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न बनेको कार्यदललाई चाँडो सिट बाँडफाँट टुंग्याउन निर्देशन दिएको हो।
 |  आइतबार, साउन २९, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- सत्ता गठबन्धनले आगामी निर्वाचनमा सिट बाँडफाँट चाँडो टुंग्याउन कार्यदललाई निर्देशन दिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्न बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले गठबन्धन दलबीच आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न बनेको कार्यदललाई चाँडो सिट बाँडफाँट टुंग्याउन निर्देशन दिएको हो। 

sagarmatha cement

बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले कार्यदललाई यथाशीघ्र सिट बाँडफाँटको काम पूरा गर्न निर्देशन दिएको बताए। कार्कीले भने, 'केही दिन अगाडि सत्ता गठबन्धनमा सिट बाँडफाँट व्यवस्थापन कार्यदल बनेको थियो। आजको बैठकले कार्यदललाई चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्देशन गरेको छ।' गठबन्धनमा आगामी भदौ पहिलो साताभित्र सिट बाँडफाँट गरिसक्ने समझदारी छ।

गठबन्धनले सिट बाँडफाँट गर्न कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएको छ। कार्यदलमा कांग्रेसका महामन्त्री गगन थापा र मन्त्री कार्की, नेकपा माओवादी केन्द्रबाट नेता वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रनेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।


प्रकाशित: Aug 14, 2022| 18:53 आइतबार, साउन २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेस बैठकमा अर्थतन्त्रको चिन्तादेखि हिन्दू राष्ट्रको मागसम्म

कांग्रेस बैठकमा अर्थतन्त्रको चिन्तादेखि हिन्दू राष्ट्रको मागसम्म

केन्द्रीय सदस्यहरुले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा रहने कि नरहने गम्भीर समीक्षा गर्न माग पनि राखेका छन्।
सांसद डाँगीको स्वीकारोक्ति- सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौं

सांसद डाँगीको स्वीकारोक्ति- सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौं

विधायिकाको भूमिकामा प्रभावकारी काम गर्ने हुटहुटीका बाबजुद संसदीय अभ्यासमा सक्रिय हुन नसकेको उनको बुझाइ छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डको भेट

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डको भेट

आज चीन पुगेका प्रधानमन्त्री प्रचण्डले एसियन गेमस्थल हाङ्जावमा राष्ट्रपति सीसँग संक्षिप्त भेटवार्ता गरेका हुन्।