मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाललाई आईसीसी क्रिकेट लिग–२ को शीर्ष तीनमा पुर्‍याउने पहिलो लक्ष्य : प्रशिक्षक प्रभाकर

नेपाललाई आईसीसी क्रिकेट लिग–२ को शीर्ष तीनमा पुर्‍याउने पहिलो लक्ष्य : प्रशिक्षक प्रभाकर

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाललाई आईसीसी क्रिकेट लिग-२ को शीर्ष तीनमा नेपाललाई पुर्‍याउने पहिलो लक्ष्य रहेको बताएका छन्।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाललाई आईसीसी क्रिकेट लिग-२ को शीर्ष तीनमा नेपाललाई पुर्‍याउने पहिलो लक्ष्य रहेको बताएका छन्।

National life

काठमाडौंको सोल्टी रोडको हायात प्यालेस होटलमा आइतबार भएको पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मुख्य प्रशिक्षक प्रभाकरले यस्तो बताएका हुन्। नेपालले अब खेल्न बाँकी रहेको १६ खेलमा अधिकांश खेल जत्‍ने लक्ष्य रहेकोसमेत उनले बताए। उनले थपे, 'नेपाललाई शीर्ष तीनमा पुर्‍याउनु नै मेरो पहिलो 'टार्गेट' हो।'

नेपाली टिममा धेरै युवा खेलाडी रहेको र युवाले छिट्टै धेरै कुराहरु सिक्ने  कारणले गर्दा नेपालको खेलमा अबको केही महिनामा व्यापक सुधार गर्ने पनि बताए।

नेपाल लिग-२ मा २० खेलमा ८ जित र ११ हारका साथ १७ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ। ग्लोबल छनोटमा सहजै पुग्‍ने हो भने नेपालले लिग–२ को शीर्ष तीनमा रहनुपर्नेछ। यसका लागि नेपालले बाँकी खेलमा राम्रो प्रदर्शन गर्न आवश्यक छ।

जिम्बाबेमा सन् २०२३ मा ग्लोबल छनोट हुने मिति तय भएको छ। ग्लोबल छनोटमा १० टिमले सहभागीता जनाउनेछन् र शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछ।

kumari

प्रकाशित: Aug 14, 2022| 18:35 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।