आइतबार, साउन २४, २०८३

देउवासँग असन्तुष्टि पोख्‍न शेखर बालुवाटारमा

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन्।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन्। नेता कोइरालाले सभापतिसमक्ष भेटेर आफ्नो असन्तुष्टि राख्न लागेको बताइएको छ। 

अहिले बालुवाटारमा दुई नेताबीच छलफल भइरहेको छ। कोइरालाले आइतबार बिहानैदेखि आफ्नो समूहका नेताहरुसँग औपचारिक तथा अनौपचारिक छलफल गरिरहेका छन्। 

आफ्ना समूहका नेताहरुसँग विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको छलफल रोकेर कोइराला देउवालाई भेट्न गएका हुन्। कोइरालाले भ्रातृ संगठनमा गरिएको एकलौटी मनोनयन, आगामी चुनावमा सिट बाँडफाँड लगाएका विषयमा कुरा हुने बताइएको छ। कोइराला पक्ष सभापति देउवाले भ्रातृ संगठनमा एकलौटी मनोनयन गरेपछि असन्तुष्ट छ। 

सत्ता गठबन्धन र कांग्रेसभित्र आगामी संघ र प्रदेश चुनावको लागि सिट बाँडफाँडमा रस्साकस्सी भइरहेको छ। कांग्रेसले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सत्ता गठबन्धनमा १०० सिट दाबी गर्दै आएको छ। सत्ता गठबन्धनबाट कांग्रेसले ६० प्रतिशत पाउनुपर्ने र त्यो ६० मध्येबाट ४० प्रतिशत सिट आफ्नो पक्षले पाउनुपर्ने कोइराला पक्षको दाबी छ। 

पार्टीको १४ औँ महाधिवेशनमा सभापति देउवाका प्रतिस्पर्धी समेत रहेका कोइरालाले बलियो र प्रभावशाली समूह बनाएर पार्टी राजनीतिमा सभापतिलाई टक्कर दिँदै आएका छन्। आगामी चुनावमा पार्टीभित्र उपयुक्त स्थान नपाए अन्य दल सँग सहकार्य गरेर अघि बढ्ने समेत शेखर समूहले देउवालाई चेतावनी दिएको छ।

प्रकाशित: Aug 14, 2022| 16:50 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...