शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एउटै चुनाव चिह्‍न र घोषणापत्रमा चुनाव लड्ने माओवादी र समाजवादीबीच सहमति

एउटै चुनाव चिह्‍न र घोषणापत्रमा चुनाव लड्ने माओवादी र समाजवादीबीच सहमति

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन गरेर जाने सहमति भएको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच  प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन गरेर जाने सहमति भएको छ। विभिन्न चरणमा भएको छलफलपछि एउटै चुनाव चिह्न र घोषणापत्र बनाएर चुनावमा जाने सहमति दुई पार्टीबीच भएको हो।

National life

चुनाव चिह्न, घोषणापत्र, साझा समानुपातिक सूची बनाएर चुनावमा जाने सहमति भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए। उनले चुनावमा मिलेर जाने लगभग सहमति जुटेको र आज पार्टीले अनुमोदन गर्न बाँकी रहेको बताए।

मौखिम सहमतिपछि आइतबार दुई दलबीच छलफल भइरहेको छ। सोमबार औपचारिक निर्णय गरेर दल दर्ताका लागि संयुक्त रूपमा निर्वाचन आयोग जाने कार्यक्रम रहेको छ।

पार्टी एकताका लागि पनि छलफल भएकोमा एकताबारे भने केही निर्णय नभएको जानकारी उनले दिए। दुई दलका शीर्ष नेताबीच लामो समयदेखि छलफल चलिरहेको थियो। छलफलका क्रममा चुनावी साझा चिह्न हँसिया हथौडा हुने सहमति समेत जुटिसकेको छ।

प्रकाशित: Aug 14, 2022| 14:07 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...