आइतबार, साउन २४, २०८३

बिमा विधेयक फिर्ता गर्न सांसद प्रेम सुवालको माग

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले बिमा सरकारले गर्नुपर्ने निजीलाई दिन नहुने भन्दै विधेयक फिर्ता लिनुपर्ने बताएका हुन्।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं– सांसद प्रेम सुवालले बिमा विधेयक फिर्ता गर्न माग गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले बिमा सरकारले गर्नुपर्ने निजीलाई दिन नहुने भन्दै विधेयक फिर्ता लिनुपर्ने बताएका हुन्। 

पानी र शिक्षा नीजि क्षेत्रलाई दिँदा अहिले समस्या भोग्नुपरेको भन्दै उनले बिमा पनि सरकारले नै गर्नुपर्ने बताए। उनले ३२ वर्ष यताका सरकार धेरै कमजोर भएको बताए। 

एउटा नीति कम्पनीले ३५ अर्ब नाफा कमाउँदा सरकारी कम्पनी ८ अर्बको नाफा र घाटामा समेत गएको हुँदा सरकार लाचार भएको बुझ्न सकिने उनको बुझाई छ। 

समाजबाद उन्मुख अर्थतन्त्रको परिकल्पना गर्दै नीजिकरणमा प्रोत्साहन गर्नु एजेण्ड संगत नभएको उनको तर्क छ।

प्रकाशित: Aug 14, 2022| 13:24 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...