मंगलबार, चैत १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ का स्वास्थ्य मन्त्रीलाई कालो झण्डा देखाउने पाँच जना पक्राउ

प्रदेश १ का स्वास्थ्य मन्त्रीलाई कालो झण्डा देखाउने पाँच जना पक्राउ

प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई कालो झण्डा देखाउँदै प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई कालो झण्डा देखाउँदै प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। 

National life

उर्लाबारी नगरपालिका-३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा नवनिर्मित ओपीडी भवन उद्घाटनका लागि पुगेका मन्त्री यादवलाई आइतबार मंगलबारे युवा क्लवका अध्यक्षसहितका युवाहरूले कालो झण्डा देखाएका थिए।

पक्राउ पर्नेमा कालो झण्डा देखाउने क्लबका अध्यक्ष पिपलराज गिरी, सचिव रेशु कटवाल, शेखर खड्का, प्रतिक पाण्डे र प्रदिप दाहाल रहेका छन्।

उनीहरूले उक्त ओपीडी भवन निर्माणमा अनियमितता भएकाले आयव्यय सार्वजनिक गर्न माग गर्दै कोलो झण्डा देखाएका हुन्।

यसअघि क्लवले भवन निर्माणको सम्पूर्ण खर्च विवरण माग राख्दै अस्पताल प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाएको थियो।

kumari

प्रकाशित: Aug 14, 2022| 13:14 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।