मंगलबार, कात्तिक ४, २०८२

कर्णालीमा मन्त्रीको शपथ : अदालतको आदेशको बर्खिलाप

उच्च अदालत सुर्खेतको आदेशविपरीत कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मन्त्रीलाई शपथ दिलाएका छन्।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९
Kumaribank
Metro Mart

सुर्खेत- उच्च अदालत सुर्खेतको आदेशविपरीत कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मन्त्रीमा नियुक्त वीरबहादुर शाहीलाई शपथ दिलाएका छन्। मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका  शाहीलाई प्रदेश प्रमुख परियारले आइतबार शपथ दिलाएका हुन्। 

मन्त्रिपरिषद् समावेशी नभएको भन्दै अदालतले पत्र निर्देशनात्मक आदेशसहितिको पत्र पठाएपछि शुक्रबार मन्त्री शाहीको सपथ रोकिएको थियो। उच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान नपु¥याएको भन्दै कर्णाली सरकारलाई पत्र लेखेको थियो। शाहीलाई नियुक्त गर्दा मन्त्रिपरिषद्‍मा महिलाको प्रतिनिधित्व नहुने भन्दै अधिकारकर्मीदेखि प्रदेश सभा सदस्यहरूले समेत आपत्ति जनाइरहेका छन्। 

मन्त्रीमा नियुक्त शाही डोल्पा जिल्लाबाट निर्वाचित सांसद हुन्। २०७८ माघ २३ मा पर्यटनमन्त्रीमा नियुक्त भएका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन)को ६ महिने पदावधि यही साउन २३ गते सकिएपछि शाहीलाई नियुक्त गरिएको हो। गैरसांसद व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री बन्न पाउने व्यवस्था संविधानमा छ। 

प्रकाशित: Aug 14, 2022| 12:41 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।