शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रवीन्द्र मिश्रको धारणा स्वीकार्न सकिन्न, चाँडै पार्टी पुनर्गठन गर्छौं : मिलन पाण्डे

रवीन्द्र मिश्रको धारणा स्वीकार्न सकिन्न, चाँडै पार्टी पुनर्गठन गर्छौं : मिलन पाण्डे

मिश्रले २०७८ साल साउन ११ गते विचार भन्दा माथि देश अवधारणा ल्याएका थिए। तर त्यसपछि पार्टीमा चर्किएको विवाद मिलाउन नसक्दा मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले पार्टीका नेता रवीन्द्र मिश्रको विचारधारा 'विचार भन्दा माथि देश' स्वीकार्न नसकिने बताएका छन्। मिश्रको विचारधारा पार्टीमा पेस भएपछि दुई भागमा विभाजित पार्टीलाई पुनर्गठन गर्ने समेत उनले बताएका छन्। 

National life

आइतबार ५ बुँदे स्पष्टीकरण सार्वजनिक गर्दै पाण्डेले यस्तो बताएका हुन्। 'नागरिकले अघिल्लो निर्वाचनमा दिएको मत के राजा बोक्न भनेर थियो ? व्यवस्था र संविधान भत्काउन भनेर थियो? पक्कै थिएन। त्यसैले वैकल्पिक राजनीति माथिको यो घातलाई अब हामीले पार्टी पुनर्गठन गरेर सच्याउँदै अघि बढ्नुको विकल्प रहेन,' उनले भनेका छन्। पछिल्लो समय मिश्रले संवैधानिक राजतन्त्रको वकालत गर्दै आएका छन्। 

मिश्रको दस्तावेज संविधान विरोधी, वैकल्पिक राजनीतिको मर्म विरोधी, युवा तथा परिवर्तन विरोधी र समग्रमा राष्ट्र विरोधी संकथन भएको र ती सबै विषय पार्टी स्थापनाको मर्मविपरीत ल्याइएको उक्त दस्ताबेजले नागरिकको वैकल्पिक राजनीतिप्रतिको आशामाथि बेइमानी भएको पाण्डेको ठहर छ। 

मिश्रले २०७८ साल साउन ११ गते विचार भन्दा माथि देश अवधारणा ल्याएका थिए। तर त्यसपछि पार्टीमा चर्किएको विवाद मिलाउन नसक्दा मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। 

'विवेकशील साझा पार्टी जे प्रयोजन र उद्देश्यका लागि स्थापना भएको हो त्यसमा निरन्तर अगाडी बढ्छ। कमजोर जग र बाङ्गिएको खम्बाहरूमा बलियो र परिपक्व घर बन्न सक्दैन। अतः हालको अवस्थामा पार्टीलाई वैचारिक र साङ्गठनिक रूपमा पुनर्गठन गरी अघि बढ्नुपर्ने दायित्व हाम्रो हो,' पाण्डेल भनेका छन्, 'वृहत् छलफल र वैकल्पिक राजनीतिका घटकहरू र नयाँ राजनीतिको सम्भावना खोजिरहेका युवाहरूसँगको परामर्श र सहकार्यपछि पार्टी पुनर्गठनको ठोस खाका छिट्टै सार्वजनिक गर्नेछौँ। हामी छिट्टै राष्ट्रिय भेलाको मिति सार्वजनिक गर्नेछौँ र पार्टीलाई पुनर्गठन गर्नेछौँ।'

Shivam cement

प्रकाशित: Aug 14, 2022| 12:32 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...