काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई वर्तमान सरकारको भर नपर्न सुझाव दिएका छन्। आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै भट्टराईले वर्तमान सरकारको भरपरे मेयर साह असफल हुने टिप्पणी गरेका हुन्।
'एमाले सहयोग गर्न तयार छ। तपाईं ठोस प्रस्ताव लिएर आउनुस् हामी तपाईंलाई साथ दिन्छौं,' उनले भने। एमाले सांसद भट्टराईले काठमाडौंको फोहर उठाउन सरकारको हुती नभएको आरोपसमेत लगाए।
काठमाडौंमा १४ दिन फोहर नउठेको इतिहास रहेको बताउँदै उनले अहिले ७१ दिनसम्म पनि फोहोर उठ्न नसकेको बताए। फोहोर उठाउनका लागि प्रधानमन्त्रीले कुनै पहल नगरेको भट्टराईको आरोप छ।