शनिबार, चैत २, २०८१

आजको राशिफल [२०७९ साउन २९]

आज २०७९ साउन २९ गते तदनुसार १४ जुलाई २०२२ आइतबार भाद्र कृष्ण तृतीया तिथि हो। आजको राशिफल:
 |  आइतबार, साउन २९, २०७९

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

आइतबार, साउन २९, २०७९

आज २०७९ साउन २९ गते तदनुसार १४ जुलाई २०२२ आइतबार भाद्र कृष्ण तृतीया तिथि हो। आजको राशिफल:

health

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
राजनीति तथा समाजसेवामा जनताको कामले मानसम्मान तथा प्रतिष्ठामा वृद्धि हुनेछ। दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइन व्यापारले सन्तुष्टि प्रदान गर्नेछ। प्रेम र परिवारमा भेटको अवसर जुर्न सक्नेछ। लेखपढमा रुचि जाग्नेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक तथा परोपकारी काममा मन जानेछ। दैनिक उपभोग्य वस्तु,औषधि तथा अनलाइन कारोबारले नाफा प्रदान गर्ने छ। खोज तथा अनुसन्धानको क्षेत्रमा प्राप्त हुने उपलब्धिले मन प्रफुलित पार्ने छ। राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय छ। प्रेमिल जोडिका लागि उत्तम समय रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यक्तिगत स्वार्थ तथा वैराग्यभाव त्यागेरअघि बढ्नुहोला। सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। आलश्य तथा थकानको अनुभूति हुने गराउने दिन रहेकाले मिथुन राशि भएकाहरूले दिनभर परिश्रम गरे पनि न्यून उपलब्धी हासिल हुने योग छ। अध्ययनमा बढी नै समय खर्चिनुपर्ने समय रहेको छ। प्रेममा धोका हुनसक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेमको बन्धन कसिलो हुने तथा जीवनसाथिको सहयोगले राम्रा काम गर्न सकिने योग छ। प्रविधिको प्रयोगमार्फत अध्ययन गर्दा राम्रो प्रतिफल हासिल गर्न सकिने छ। ईष्टमित्र तथा सहयोगीले साथ दिने हुँदा दैनिकी सहज रुपमा बित्ने छ। भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ। तर, पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला। स्वास्थ्यमा समस्या आउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरुको सहयोग पाइने तथा आफन्तको विश्वास जितेर काम गर्न सकिने हुनाले मनमा प्रसन्नता छाउने छ। विवाद, प्रतिस्पर्धामा तपाईंको जित निश्चित छ। अध्ययनमा मन जाने छ। माया प्रेममा रमाउन चाहने जोडीका लागि उपयुक्त समय रहेको छ। साहशिलो काम गरेर लाभ लिन सकिने छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अध्ययनमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिने छ। अध्ययनकै सवालमा यात्रा हुनेछ। परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्य धन आर्जन गर्न सकिने छ। सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्य धन आर्जन गर्न सकिने छ। प्रेममा रमाउन चाहनेका लागि उपयुक्त समय रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साथिभाइ तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाइने छ। मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउने छ । व्यापारमा मन्दी आउने भए पनि कृषि तथा सहकारी व्यावसाय फस्टाएर जाने छ। सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाई वा लेख जनमानसमा लैजान सकिने छ। लगनशिलताको साथ गरिने कामको उच्च मूल्यांकन हुनेछ। दाजुभाइ तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ काम गर्न सकिनेछ। प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईंको नाम अग्रस्थानमा आउनेछ। पढाइ लेखाइमा मन जानेछ भने पढाइकै सवालमा यात्रा हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दैनिक उपभोग्य वस्तु ,औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ। विभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ। आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। अध्ययनमा तपाईंको नाम अग्र स्थानमा आउनेछ भने माया प्रेममा सामिप्यता बढ्ने छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ। दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ। इमान्दारिता र मेहनेतले आत्म विश्वासमा वृद्धि हुनेछ। अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ। प्रेममय वातावरणमा समय व्यातित गर्न पाउँदा मन हर्सित हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफन्त तथा साथिभाइबाट टाडिनु पर्दा मन खिन्न हुनेछ। धोका दिने तथा आसा देखाउनेहरू सक्रिय हुनेछन्। कार्यक्षेत्रमा आलोचना गर्नेबाट सजक रहनुहोला। स्वास्थ्यको ख्याल गर्नुहोला। औषधि उपचार खर्च बढ्नेछ। अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ। तर, पनि लामो दूरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाउने योग छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आम्दानीका विभिन्न स्रोत फेला पार्न सकिनेछ। प्रेममा रमाउन चाहनेका लागि नयाँ ठाउँको भ्रमण फलदायी रहने छ। अध्ययनमा थोरै मेहनेतले राम्रो सफलता हात पार्न सकिनेछ। अग्रको धन तथा सम्पत्तिको प्रयोगमार्फत मनग्य लाभ लिन सकिनेछ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाई वा लेख जनमानसमा लैजान सकिनेछ।

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आएका पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सकिन्छ।)

प्रकाशित: Aug 14, 2022| 06:00 आइतबार, साउन २९, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।