सोमबार, जेठ २५, २०८३

८२५ सांसद चुन्न १० अर्ब खर्च हुने अनुमान

निर्वाचन आयोगले मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा १० अर्ब खर्च हुने अनुमान गरेको छ। सम्पादकहरुसँग अन्तर्क्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले १० अर्ब खर्च हुने अनुमान आयोगले गरेको जनाकारी दिएका हुन्।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा १० अर्ब खर्च हुने अनुमान गरेको छ। सम्पादकहरुसँग अन्तर्क्रिया कार्यक्रममा  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले १० अर्ब खर्च हुने अनुमान आयोगले गरेको जनाकारी दिएका हुन्। 

National life

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आयोगले दल दर्ताको काम गरिरहेको छ। साउन ३१ सम्म चल्ने दल दर्तामा हालसम्म ३९ दल दर्ता भइसकेका छन्। यद्यपि सत्ता गठबन्धनमा रहेका दलले अझसम्म पनि दल दर्ता गराएका छैनन्। 

दल दर्ताकै समयमा दुई वा दुईभन्दा बढी दलले एकै चुनाव चिह्नमा चुनाव लड्ने जानकारी गराए त्यसको व्यवस्था गरिने आयोगले जानकारी दिएको छ। यद्यपि हालसम्म यसरी गठबन्धन बनाएर एकै चुनाव चिह्नमा लड्नका लागि कुनै पनि दलले ईच्छा देखाएका छैनन्। 

आगामी चुनावका लागि करिब १ करोड ८२ लाख मतदाता रहने अनुमान आयोगको छ। आयोगले एकसाथ प्रत्यक्ष र समानुपातिकका लागि चुनाव गराउनेछ। प्रतिनिधि सभाको १६५ सिट र प्रदेश सभाको ३३० सिटका लागि प्रत्यक्ष चुनाव हुनेछ भने प्रतिनिधि सभामा ११० जना र प्रदेश सभामा २२० सिटमा समानुपातिक प्रणालीबाट सांसद चयन हुनेछन्। यसरी कुल ८२५ सांसदका लागि मंसिर ४ गते चुनाव हुँदैछ। 

प्रकाशित: Aug 14, 2022| 10:41 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...