शनिबार, मंसिर ६, २०८२

एम्बाप्पे पेनाल्टीमा चुके पनि पीएसजीको सानदार जित

फ्रेन्च लिग वानमा पीएसजीले मेन्टेपिलरविरुद्ध शनिबार राति सानदार जित निकालेको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- फ्रेन्च लिग वानमा पीएसजीले मेन्टेपिलरविरुद्ध शनिबार राति सानदार जित निकालेको छ। खेलको २३औं मिनेटमा पीएसजीले पेनाल्टीको अवसर पाए पनि फरवार्ड केलियन एम्बाप्पले गोल गर्न चुके। यद्यपी पीएसजीले ५–२ को जित निकालेको छ।

National life

खेलको ३९औं मिनेटमा फलय साकोले आफ्नै पोस्टमा गोल गरेपछि पीएसजीले अग्रता बनाएको थियो। त्यसपछि पीएसजीले पहिलो हाफको दुई मिनेट बाँकी रहँदा पुन पेनाल्टी प्रहारको अवसर पाये। यसपटक ब्राजिली फरवार्ड नेयमार गोल गर्न चुकेनन्।

यससँगै पीएसजी पहिलो हाफमै दुई गोलले अघि रह्यो। त्यस्तै, खेलको ५१औं मिनेटमा नेयमारले नै अर्को गोल गरे भने ६९औं मिनेटमा एम्बाप्पले। खेलको ८७औं मिनेटमा रेनाटो सान्चेजले गोल गरेपछि पीएसजीको खातामा पाँच गोल पुराएको थियो।

यता मेन्टेपिलरका लागि भने वाहबी खजारी र एन्जो जियन्नीले गोल गरेका थिए। यो जितसँगै ६ अंक बनाएको पीएसजी तालिकाको शीर्षस्थानमा छ।

प्रकाशित: Aug 14, 2022| 09:32 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।