आइतबार, साउन २४, २०८३

प्रतिनिधिसभाको बैठक आज, यस्तो छ कार्यसूची

संसद् सचिवालयले प्रतिनिधिसभाको बैठक बिहान ११ बस्ने जनाउँदै सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। 

संसद् सचिवालयले प्रतिनिधिसभाको बैठक बिहान ११ बस्ने जनाउँदै सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार आजको बैठकका आठ वटा कार्यसूची रहेका छन्। पहिलो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले बीमा सम्बन्धी विधेयक पेश गर्नेछन्।

संघीय संसद्मा दर्ता भएको चार वर्षपछि बीमा सम्बन्धी विधेयक पेश हुन लागेको हो। यो विधेयक २०७५ असार २७ गते संसद्मा दर्ता भएको थियो।

त्यस्तै, अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छलफल गरी पारित गरिने सम्भावित कार्यसूची रहेको छ।

आजै शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव यातायातमन्त्री मोहम्मद इस्तियाक राईले पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।



प्रकाशित: Aug 14, 2022| 09:17 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...