सोमबार, फागुन १८, २०८२

प्रिमियर लिगमा सिटीको सानदार जित, एस्टन भिल्ला पनि विजयी

इंग्लिस प्रिमियर लिग (ईपीएल)को साविक विजेता म्यानचेस्टर सिटीले लगातार दोस्रो जित निकालेको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल)को साविक विजेता म्यानचेस्टर सिटीले लगातार दोस्रो जित निकालेको छ। 

म्यानचेस्टर सिटीको घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा उसलेले पाहुना टिम बर्नेमाउथविरुद्ध ४–० को जित निकालेको हो। यो जितसँगै दुई खेलबाट ६ अंक जोडेको सिटीको सिजनको सुरुआतबाटै शीर्षस्थानमा रहन थालेको छ।

गएराति सिटीका लागि इल्काय गुन्डोगन, केभिन डिब्रुएना, फिल फोडेनले गोल गरेका थिए भने बर्नेमाउथका जेफरसन लेर्माले आफ्नै पोस्टमा गोल गरेका थिए।

पहिलो खेलमा जित निकालेको बर्नेमाउथले दोस्रो खेलमा हार बेहोरे पनि ऊ तीन अंकका साथ १०औं स्थानमा कायम छ।

शनिबार रातिकै अर्को खेलमा भने एस्टन भिल्लाले एभर्टनलाई २–१ गोलअन्तरका साथ हराएको छ। भिल्ला पार्कमा भएको खेलमा घरेलु टिमले पहिलो हाफमै एक गोलको अग्रता बनाउँदै जित निकालेको हो।

kumari

खेलमा भिल्लाकै ड्यानी इंग्स र इमि बुइन्डियाले गोल गरेका थिए। तर, भिल्लाकै लुकास डिगनीले चाहिँ आफ्नै पोस्टमा गोल गरेपछि एभर्टनले ८७औं मिनेटमा गोल कोसेली पाएको थियो।

यो जितसँगै तीन अंक बनाएको भिल्ला नवौं स्थानमा छ भने अंकविहिन एभर्टन १६औं स्थानमा छ।

गएरातिको खेलमा म्यानचेस्टर युनाइटेडले भने हार बेहोरेको छ। युनाइटेडविरुद्ध ब्रेन्टफर्डका जोश डासिल्वा, माथियस जेन्सेन, बेन मि र ब्रायन एमबेउमोले गोल गरेका थिए। यससँगै उसले दुई खेलमा कुनै अंक जोड्न पनि सकेको छैन।

यता आर्सनलले भने लेस्टर सिटीविरुद्ध सहज जित निकालेको छ। खेलमा आर्सनलका ग्याब्रियल जिससले खेलको २३औं मिनेट र ३५औं मिनेटमा गोल गर्दै हिलो हाफमा नै दुई गोलको अग्रता दिलाएका थिए। तर, खेलको ५३औं मिनेटमा विलियम सालिबाले आफ्नै पोस्टमा गोल गरेका थिए।

ग्रानित जाकाले ५५औं मिनेटमा र ग्याब्रियल मार्टिनेलीले ७५औं मिनेटमा गोल गर्दा पनि जिससले नै एसिस्ट दिएका थिए। यता खेलको ७४औं मिनेटमा लेस्टरका जेम्सले गोल गरेका थिए।

समग्रमा ४९ प्रतिसत समय मात्र बल नियन्त्रणमा बनाए पनि आर्सनलले ४–२ को जित निकालेको हो।

अहिले प्रिमियर लिगमा आर्सनले ६ अंकका साथ दोस्रो स्थानमा छ भने ब्रेन्टफर्ड चार अंकका साथ तेस्रो स्थानमा छ। न्युकासल र लिड्सले पनि समान ४/४ अंक बटुलेका छन् भने ब्राइटोनको पनि चार अंक रहेको छ।

लिगमा फुलहामको दुई र उल्भ्सको पनि दुई अंक रहेको छ।

प्रकाशित: Aug 14, 2022| 09:00 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।