शनिबार, मंसिर ६, २०८२

ईपीएलमा ब्रेन्टफर्डसँग युनाइटेडको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिग(ईपीएल)मा ब्रेन्टफर्डसँग म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ। ब्रेन्टफर्डको घरेलु मैदानमा शनिबार राति सम्पन्न भएको खेलमा युनाइटेडले ४–० को हार बेहोरेको हो।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग(ईपीएल)मा ब्रेन्टफर्डसँग म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ। ब्रेन्टफर्डको घरेलु मैदानमा शनिबार राति सम्पन्न भएको खेलमा युनाइटेडले ४–० को हार बेहोरेको हो।

National life

युनाइटेडविरुद्ध ब्रेन्टफर्डका जोश डासिल्वा, माथियस जेन्सेन, बेन मि र ब्रायन एमबेउमोले गोल गरेका थिए। खेल अवधिभर ६७ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि युनाइटेले गोल गर्न भने सकेन। उसले ब्रेन्टफर्डको पोस्टतर्फ १५ प्रहार गरे पनि गोल गर्न चुकिरह्यो।

युनाइटेले लिगको पहिलो खेलमा घरेलु मैदानमै हार बेहोरेको थियो। त्यो हारलाई उसलाई दुर्घटनाको संकेत दिएको थियो। तर, प्रशिक्षक एरिक टेन ह्यागको कालमा लगातार दुई लज्जास्पद हारले उसलाई दुर्घटनाको सम्मुखमा पुर्‍याएको छ।

यससँगै उसले दुई खेलमा कुनै अंक जोड्न पनि सकेको छैन। गएरातिकै अन्य खेलमा उल्भ्सले फुलहामलाई गोलरहित बराबरीमा रोकेको छ। त्यस्तै, ब्राइटोनले न्युकासललाई पनि गोलरहित बराबरीमा रोकेको छ।

इता आर्सनलले भने लेस्टर सिटीविरुद्ध सहज जित निकालेको छ। खेलमा आर्सनलका ग्याब्रियल जिससले खेलको २३औं मिनेट र ३५औं मिनेटमा गोल गर्दै हिलो हाफमा नै दुई गोलको अग्रता दिलाएका थिए। तर, खेलको ५३औं मिनेटमा विलियम सालिबाले आफ्नै पोस्टमा गोल गरेका थिए।

Laxmi sunrise bank
kumari

तर ग्रानित जाकाले ५५औं मिनेटमा र ग्याब्रियल मार्टिनेलीले ७५औं मिनेटमा गोल गर्दा पनि जिससले नै एसिस्ट दिएका थिए। यता खेलको ७४औं मिनेटमा लेस्टरका जेम्सले गोल गरेका थिए।

समग्रमा ४९ प्रतिसत समय मात्र बल नियन्त्रणमा बनाए पनि आर्सनलले ४–२ को जित निकालेको हो।

अहिले प्रिमियर लिगमा आर्सनले ६ अंकका साथ दोस्रो स्थानमा छ भने ब्रेन्टफर्ड चार अंकका साथ तेस्रो स्थानमा। न्युकासल र लिड्सले पनि समान ४/४ अंक बटुलेका छन् भने ब्राइटोनको पनि चार अंक रहेको छ। लिगमा फुलहामको दुई र उल्भ्सको पनि दुई अंक रहेको छ।

प्रकाशित: Aug 14, 2022| 08:42 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।