शनिबार, मंसिर ६, २०८२

जिसस : आर्सनललाई अर्को स्तरमा पुर्‍याउने खेलाडी

युरोपली च्याम्पियन्स लिगमा क्लबले स्थान बनाओस् भन्ने हेतुका साथ इंग्लि क्लब आर्सनलले ब्राजिलियन फरबार्ड ग्याब्रियल जिससलाई यो सिजनअघि अनुबन्ध गरेको थियो। लगातार ६ वर्ष च्याम्पियन्स लिगबाट बाहिरिएपछि अब आर्सनल युरोपको शीर्ष लिगमा खेल्न चहान्छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- युरोपली च्याम्पियन्स लिगमा क्लबले स्थान बनाओस् भन्ने हेतुका साथ इंग्लि क्लब आर्सनलले ब्राजिलियन फरबार्ड ग्याब्रियल जिससलाई यो सिजनअघि अनुबन्ध गरेको थियो। लगातार ६ वर्ष च्याम्पियन्स लिगबाट बाहिरिएपछि अब आर्सनल युरोपको शीर्ष लिगमा खेल्न चहान्छ।

National life

त्यसलाई साकार पर्नका लागि उसलाई उत्कृष्ट स्ट्राइकलको जरुरी थियो। जसले समस्याका बेला आवश्यक गोल गर्न सकोस्। त्यसैमा छानिएका थिए जिसस।

अहिले उनको सुरुआति समयले पनि बताइसकेको छ कि उनी आर्सनलको सपनामा खरो उत्रन चहाँदैछन्। २५ वर्षे स्ट्राइकरले पछिल्लो ६ वर्षको सिटी बसाईमा उत्कृष्ट प्रदर्शन गरिसकेका नै छन्। तर इर्लिङ हाल्यान्डको आगमले उनी क्लबबाट बाहिरिए।

त्यस्तै, अहिले आर्सलका र पूर्व म्यानचेस्टर सिटीका प्रशिक्षक माइकल आर्टेटाले उनलाई आफ्नो क्लबमा भित्र्याएका थिए। आज तिनै प्रशिक्षकलाई घरेलु मैदानमा केही अंक चाहिएको थियो। जुन जिससले दिलाइदिए।

होम डेब्यूको पहिलो दिनमा नै जिससले दुई गोल गरे भने दुई एसिस्ट पनि गरे। यससँगै आर्सललने शनिबार राति लेस्टर सिटीविरुद्ध ४–२ को  जित निकालेको छ।

Laxmi sunrise bank
kumari

जिसबारे आर्सनलका पूर्व डिफेन्डर मार्टिले केवनले उनलाई उत्कृष्ट अनुबन्धको संज्ञा दिएका छन्। उनले भने, ‘उनले आर्सनललाई अर्को स्तरमा पुर्‍याउन सक्छन्। आर्सनललाई बचाउने खेलाडी हुन उनी, उनी उत्कृष्ट श्रेणीका खेलाडी पनि हुन्। उनले यो काम गर्नका लागि सिटीबाट बाहिरिनु  जरुरी थियो।’

सुरुमै आर्सनलले जिससलाई नम्बर ९ दिने भएपछि उनी टिमको केन्द्रमा रहने छन् भन्ने त स्पष्ट नै थिए। आर्टेटाले पनि उनलाई फोकल पोइन्टमा राख्न चाहेका थिए।

प्रशिक्षक ग्वार्डिओलको साथमा जिससले २१२ मध्ये १९ खेलमा मात्र हार बेहोरेका छन्। यो भनेको ७६ प्रतिसत जिनको आंकडा हो। पछिल्लो सिजनमा उनले आठ लिग गोल गरेका थिए। जुन, अन्य खेलाडीको भन्दा धेरै हो।

त्यस्तै, खेलपछि प्रशिक्षक आर्टेटाले जिससले आफ्नो टिमको स्तर बढाउने विश्वास गरेको बताएका छन्। उनले भने, ‘उनले गोल गरे, दुई एसिस्ट पनि गरे। त्यसपछि उनी ड्रेसिङ रुपमा रिसाएर भने पनि कि  उनले चार गोल गर्न सक्ने अवस्था थियो।’

आर्टेटाले थपे, ‘यो खेलाडीको स्तर हो, यस्तो मानसिक अवस्था भएमा हामीले धेरै थोक गर्न सक्नेछौं। उनले अभ्यासको हरेक दिनमा आफ्नो स्तर बढाइरकेका छन्। उनी स्तरिय खेलाडी त हुन नै तर अनुबन्धको थोरै समयमै यस्तो गर्नुले क्लबलाई जोश दिएको छ।’

गएरातिको खेलमा जिससले खेलको २३औं मिनेट र ३५औं मिनेटमा गोल गर्दै हिलो हाफमा नै दुई गोलको अग्रता दिलाएका थिए। तर, खेलको ५३औं मिनेटमा विलियम सालिबाले आफ्नै पोस्टमा गोल गरेका थिए।

तर ग्रानित जाकाले ५५औं मिनेटमा र ग्याब्रियल मार्टिनेलीले ७५औं मिनेटमा गोल गर्दा पनि जिससले नै एसिस्ट दिएका थिए। यता खेलको ७४औं मिनेटमा लेस्टरका जेम्सले गोल गरेका थिए।

समग्रमा ४९ प्रतिसत समय मात्र बल नियन्त्रणमा बनाए पनि आर्सनलले ४–२ को जित निकालेको हो।

प्रकाशित: Aug 14, 2022| 08:35 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।