शुक्रबार, मंसिर १२, २०८२

लुम्बिनीका ६ सय रिटर्निङ माइग्रेटलाई सिप सिकाईँदै

सरकारले दातृ संस्थासँग सहकार्य गरी लुम्बिनी प्रदेशका ६ सय र मधेश प्रदेशका ९ सय गरी १ हजार ५ सय विदेशबाट फर्किएका युवालाई कृषि, निर्माण र पर्यटनसँग सम्बन्धित सीप प्रदान गरी उद्यममा जोडन सिप सिकाउन शुरु गरेको हो।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

बुटवल-  कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका लुम्बिनी प्रदेशका ६ सय ‘रिटर्निङ माइग्रेट’हरुलाई आत्मनिर्भर बनाउन रोजगारमूलक सीप सिकाउन थालिएको छ। 

National life

सरकारले दातृ संस्थासँग सहकार्य गरी लुम्बिनी प्रदेशका ६ सय र मधेश प्रदेशका ९ सय गरी १ हजार ५ सय विदेशबाट फर्किएका युवालाई कृषि, निर्माण र पर्यटनसँग सम्बन्धित सीप प्रदान गरी उद्यममा जोडन सिप सिकाउन शुरु गरेको हो। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न दातृ निकायसँगको सहकार्यमा विदेशबाट फर्किएकाहरुको सिप तथा क्षमता अभिबृद्धि कार्यक्रम ‘स्किल्स’ परियोजना सञ्चालन गरिएको छ। परियोजनाबारे मन्त्रालयको आयोजना तथा शिक्षा पत्रकार समूहको आयोजनामा शनिबार बुटवलमा अन्तरक्रिया गरिएको छ। 

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले कोभिड १९ का कारण वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई स्वदेशमै सिप सिकाएर आत्मनिर्भर बनाउने उदेश्यले परियोजना सुरु भएको बताए। 

कार्यक्रममा सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र शर्माले वैदेशिक रोजगारीबाट फर्किएकाहरुले स्वदेशमा सिप सिकेर आत्मनिर्भर हुने कुरा सकरात्मक भएको बताए। उनले सिपयुक्त जनशक्ति तयार गर्नुपर्ने बताए। 

Laxmi sunrise bank
kumari

शिक्षा तथा खेलकूल मन्त्रालय लुम्बिनीका सचिव कृष्ण प्रसाद पन्थले कोभिड महामारी सुरु भएपछि नयाँ परियोजनाका रुपमा स्किल्प सुरु गरिएको र यसले स्वदेशमा रोजगार हुने वातावरण सृजना गर्ने सरकारको आशा रहेको बताए। उनले यसको प्रभावकारीकताका बारेमा सञ्चार क्षेत्रले पनि निगरानी गर्नुपर्ने बताए। त्यस्तै कार्यक्रममा सीटीईभिटिका निर्देशक मिस्टरकान्त मैनालीले सिप सिकेकाहरुको निरन्तरता र गुणस्तरका बिषयमा आफूहरुले मापनविधि तयार पारेको बताए। 

‘स्किल्स’ परियोजना अन्तर्गत उनीहरूमध्ये पहिलो चरणमा लुम्बिनीका २१० जनाले तालीम लिन सुरू गरिसकेका छन्। तालीममा ८ प्रतिशत महिलाको सहभागिता रहेको छ। तालीम लुम्बिनीका सिटिइभिटीका ४ वटा आंगिक शिक्षालयबाट चलिरहेको छ। 

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरि लम्साल, बुटवल उद्योग संघका अध्यक्ष उज्जवल कसजू, नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का, शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्ल, विदेशबाट फर्किएका रुपन्देही सैनामैनाका श्रीधर बन्जाडे, शिक्षा पत्रकार समूहका मनोज पौडेल लगायतले बोल्दै कार्यक्रमको प्रभावकारितामा जोड दिएका थिए। 

प्रकाशित: Aug 13, 2022| 21:44 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।