सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४० दल दर्ता, कांग्रेसले पनि थाल्यो प्रक्रिया

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४० दल दर्ता, कांग्रेसले पनि थाल्यो प्रक्रिया

राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काठमाडौं- आसन्‍न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन्। राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ। 

National life

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिनका लागि यही साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ। सार्वजनिक बिदाका दिन पनि आयोगको कार्यालय खुला रहने र निर्वाचनसँग सम्बन्धित काम नियमितरुपमा सम्पादन हुने जनाइएको छ। 

यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता गर्नुपर्छ। आज शनिबार पनि दल दर्ता गर्ने क्रम चलिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ। 

कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गर्ने

नेपाली कांग्रेस, केन्द्रीय कार्यसम्पादन समितिको शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ।   प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शनिबार बसेको बैठकले आगामी मङ्सिर ४ गते आइतबार सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचनमा प्रणाली र समानुपातिक निर्वाचनमा भाग लिन पार्टीलाई निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो।  

Shivam cement

नेपालको संविधानको धारा २७१ तथा राजनीति दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्न पार्टीले नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको  छ। 

 बैठकले महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले परित गर्दै पार्टीका तर्फबाट उम्मेदवार हुने व्यक्तिलाई मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई सुम्पिएको छ।  

पार्टीका मुख्यसचिव पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीको विधानको धारा ३२ (८) (क), (ख), (ग) बमोजिम तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (७) (क), (ख), (ग) र (घ) अनुसारको प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशन दिनुका साथै पार्टीको  निर्वाचन केन्द्रित राष्ट्रियव्यापी कार्यक्रम भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। 

प्रकाशित: Aug 13, 2022| 21:50 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...