आइतबार, फागुन १७, २०८२

हरेक पालिकामा ग्रील ग्राम स्थापना गर्न व्यवसायीको माग

ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको ग्रील ग्राम सम्बन्धी अन्तरक्रियामा व्यवसायीहरुले रुपन्देहीका संघीय सांसद र स्थानीय तहका प्रमुख समक्ष ग्रील ग्रामको माग गरेका हुन्।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

बुटवल- ग्रील तथा स्टील ग्रील तथा स्टील व्यवसायीहरुले हरेक पालिकामा व्यवस्थित ग्रील ग्राम स्थापना गर्न सरकारले सहयोग गर्नुपर्ने माग गरेका छन्।

ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको ग्रील ग्राम सम्बन्धी अन्तरक्रियामा व्यवसायीहरुले रुपन्देहीका संघीय सांसद र स्थानीय तहका प्रमुख समक्ष ग्रील ग्रामको माग गरेका हुन्।

छरिएर व्यवसाय गर्दा अव्यवस्थित,अस्वस्थ प्रतिस्पर्धा र दर्ता विना चलेका व्यवसायबाट राज्यको कर छली भएकाले ग्रील ग्राम आवश्यक भएको व्यवसायीको माग छ। पुर्व अर्थमन्त्री एंव नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले व्यवसायीहरुका माग जायज भएको भन्दै सबै माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए। उनले बार्षिक ६५ अर्बको कारोबार गर्ने र डेढ लाखलाई रोजगारी दिएको ग्रिल ब्यवसायका मागप्रती सरकार जिम्मेवार बन्नुपर्ने बताए।

रुपन्देही क्षेत्र न. २ का प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेलले ग्रिल ग्रामको नेतृत्व रुपन्देहीले गर्नुपर्ने र देशभर नै ग्राम बनाउनुपर्ने पौडेलले बताए।

व्यवसायीहरुले वर्षौंदेखि ग्रील ग्रामको माग गरेपनि सुनुवाई नभएको गील तथा स्टील व्यवसायी संघ रुपन्देहीका संस्थापक अध्यक्ष अशोक वर्माले गुनासो गरे। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यवसायीका माग उचित रहेका भन्दै छलफल गरेर माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए।

kumari

रुपन्देहीमा ४ सय ८५ ग्रील उद्योग सञ्चालनमा रहेका र ५ हजार बढीले रोजगारी पाएका तथा वार्षिक २ अर्ब ४० करोडको कारोबार हुने गरेको संघका अध्यक्ष मोहन भट्टराईले जानकारी दिए।

देशभर ११ हजार उद्योगमा एक लाख ६० हजारले  रोजगारी पाएका र वार्षिक ६५ अर्बको कारोबार हुने गरेको ग्रील तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले जानकारी दिए। कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउने तीनजना छात्रछात्रालाई पुरस्कृत गरिएको थियो।  

प्रकाशित: Aug 13, 2022| 20:20 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।