बुधबार, कात्तिक ७, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • नेताहरुलाई विकासप्रेमी देखिने होड, काम अधुरै रहेको पुलको दुई मन्त्रीद्वारा उद्घाटन

Siddartha premir insuranceSiddartha premir insurance

नेताहरुलाई विकासप्रेमी देखिने होड, काम अधुरै रहेको पुलको दुई मन्त्रीद्वारा उद्घाटन

निर्माणाधीन पुलको एप्रोच सडक र नदीको तटबन्धनको काम नसकिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र वन तथा वातारणमन्त्री प्रदीप यादवले संयुक्त रूपमा अधुरो पुलको उद्घाटन गरेका हुन्। पूर्ण रूपमा निर्माण सम्पन्न नभएको जानकारी हुदाँहुँदै पनि उनीहरूले हतारमा पुलको उद्घाटन गरेका हुन्।
 |  शनिबार, साउन २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

विरगन्ज- संघ र प्रदेश निर्वाचन नजिकिएसँगै नेता तथा मन्त्रीहरुलाई आफू विकासप्रेमी भएको देखाउने होड चलिरहेको छ। जसको पछिल्लो उदाहरण हो पर्सामा बनेको पक्की पुल। पर्साको ग्रामीण भेगका जनतालाई लक्षित गरी वीरगञ्ज महानगरपालिका–१७ र १९ जोड्ने तिलावे नदीमा निर्माण गरिएको पक्की पुलको शनिबार दुई मन्त्रीले उद्घाटन गरेका हुन्।

triton college

निर्माणाधीन पुलको एप्रोच सडक र नदीको तटबन्धनको काम नसकिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र वन तथा वातारणमन्त्री प्रदीप यादवले संयुक्त रूपमा अधुरो पुलको उद्घाटन गरेका हुन्। पूर्ण रूपमा निर्माण सम्पन्न नभएको जानकारी हुदाँहुँदै पनि उनीहरूले हतारमा पुलको उद्घाटन गरेका हुन्। 

गत बुधबार उद्घाटनको कार्यक्रम तय गरिए पनि शनिबार मात्र मन्त्रीद्वय पुलको उद्घाटन गर्न पुगेका थिए। समयसीमाभन्दा ढिला गरी निर्माण भइरहेको पुलको दुवैतर्फको करिब ९० मिटर एप्रोच सडक र नदी नियन्त्रणको काम सम्पन्न नहुँदै पुलको उद्घाटन भएको स्थानीयले बताएका छन्। 

हुलाकी सडकको तिलाबे खोलाको १०३ मिटर लामो पुल निर्माणको ठेक्का पप्पु–लुम्बिनी जेभीले पाएको थियो। पुल निर्माणमा ढिलाइ भएको भन्दै स्थानीय युवाले गतवर्ष समूह गठन गरेर दबाब दिएका थिए। विगत लामो समयदेखि निर्माणाधीन पुलको काम सम्पन्न नहुँदै उद्घाटनको नाममा पुलमा राजनीतिकरण गरिएको युवा अभियन्ता राकेश यादवले बताए।

Metro Mart
vianet

काम पूरा नहुँदै उद्घाटन गरेर जनतालाई मूर्ख बनाइएको उनको भनाइ छ। अगामी मंसिर ४ मा तोकिएको संघ र प्रदेश सभाको निर्वाचनमा राजनीतिक फाइदा हुने देखिएकाले काम नसकिँदै पुलको उद्घाटन भएको उनले बताए। अर्का युवा जय यादवले अधुरो तिलाबे पुलको उद्घाटनको बहिष्कारसँगै आफूहरूको विरोध जारी रहेको बताएका छन्। 

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री राईले विभिन्न बहाना बनाएर समयमै आयोजनाको काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने बताए। मन्त्रालयअन्तर्गत रहेका विभिन्न सडक, खानेपानी, सिँचाइ अन्य पूर्वाधारसहितका राष्ट्रियस्तरका आयोजना समयमै निर्माण सम्पन्न होस् भन्ने उद्देश्यले मन्त्रालयले काम अघि बढाएको मन्त्री राईले बताए। 

सोही अवसरमा मन्त्री राईले पर्साको वीरगञ्जस्थित गण्डकदेखि मितेरी पुलसम्मको मेनरोड फराकिलो हुने जानकारी गराए। त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डकदेखि मितेरी पुलसम्मको साढे २२ मिटर दायाँ र साढे २२ मिटर बायाँ बनाइने उहाँले बताउनुभयो। वीरगञ्जलार्ई ग्रामीण भेगसँग जोड्ने तिलावे पुलको उद्घाटन गर्दै मन्त्री राईले त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डकदेखि मितेरी पुलसम्मको सडकको अतिक्रमण हटाइने बताउनुभयो।

कार्यक्रममा वन तथा वातावरणमन्त्री यादवले वन तथा वातावरण मन्त्रालयका कारण अघि बढ्न नसकेकाले विभिन्न आयोजनाका फाइल कानुनबमोजिम समस्या समाधान गरिने बताए। लामो समयदेखि वन तथा वातावरण मन्त्रालयमा रोकिएका आयोजनाको फाइल कानुनले मिल्ने भए तत्काल समाधान गरी आयोजनालाई अघि बढाउन सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गरे।

पर्सासँग जोडिने सबै सडक निर्माणको कार्यलाई तत्काललाई सञ्चालन गराउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री यादवले ठोरीदेखि माडीसम्मको सडक विस्तारमा रहेको कानुनी अड्चनलाई हटाउँदै कार्य अगाडि बढ्ने बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित सो कार्यक्रममा  सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलगायतले पुल निर्माणबाट जिल्लावासीको यातायात व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: Aug 13, 2022| 20:11 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।